एजेन्सी – भारतिय गायक मिका सिंहलाई अल इन्डिया सिने वोर्कर एसोसिएसनले प्रतिबन्ध लगाएको छ ।
जम्मू कश्मीरको मुद्धालाई लिएर भारत र पाकिस्तानबीच विवाद भईरहेको समयमा मिकाले पाकिस्तानमा सांगीतिक कार्यक्रम गरेको भन्दै एसोसिएसनले उनीमाथि प्रतिबन्ध लगाउँदै बहिस्कार गर्ने घोषणा गरेको हो । एसोसिएसनले मिका सिंहलाई भारतको कुनै प्रकारको परफर्मेन्स, रेर्कडिङ, प्लेब्याक सिंगिङ र एक्टिङमा समेत ब्यान्ड लगाएको छ ।
एसोसिएसनले बुधवार एक विज्ञप्ती जारी गर्दै लेखेको छ, ‘भारत र पाकिस्तानबीच टुटेको सम्बन्ध र तनावपछि मिका सिंह उर्फ अमरीक सिंहले पाकिस्तानको पूर्व राष्ट्रपति मुशर्रफको कोहि नातेदारको छोरीको विवाहमा परर्फमेन्स दिएको देख्दा निकै दुख लागेको छ । यो चकित पार्ने र शर्मनाक कुरा हो । यस्ता कुरामा सहभागी हुनेलाई राष्ट्रविरोधी, देशद्रोही सम्झन्छौं । यसको कुराको निन्दा गर्दै मिकाको कुनै पनि परफर्मेन्स, रेर्कडिङ, प्लेब्याक सिंगिङ र एक्टिङमा प्रतिबन्ध लगाउछौं ।’
मिकाले अगस्त ८ मा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्फका नातेदारले आयोजना गरेका एक कार्यक्रममा सांगीतिक प्रस्तुति दिएको भन्दै एसोसिएसनले उनी विरुद्ध कारवाहीको माग समेत गरेको छ ।