Video Releasing soon | Kamal Chhetei’s I Love You

Written by ArtistNepal News

गायक कमल छेत्रीको नयाँ भिडियो अाई लभ यू सार्वजनिक हुने तयारीमा रहेको छ ..[+]

आर्टिस्ट नेपाल

नेपाली संगीतमा थोरै गीत गाएर चर्चा कमाउने गायकको रुपमा चिनिन्छन् कमल छेत्री । नाचन फनफनी फनफनी घुमन, हाम्रो देशमा , पिपल पाते लगायतका चर्चित गीत दिईसकेका गायक कमल छेत्री त्यस्तै दमदार गीत तथा भिडियो ल्याउने तयारी गर्दैछन् ।

एल्बम “अाई लभ यू” मा सङ्रहित हुने अाई लभ यू बोलको गीतको हालचालै छायांकन सकेका कमलले यस गीतलाई पनि पहिलेकै गीत जत्तीकै माया पाउनेमा आशाबादी छन् । आफ्नै शब्द संगीतमा रहेको उनको यस् नयाँ गीतलाई भिडियोमा ख्याती कमाईसकेका नितिन चन्दको निर्देशन तथा छायांकनमा पौल शाह र प्रकिती श्रेष्ठले अभिनय गरेका छन् ।

एसियन म्युजिक बाट आउन लागेको उनको यस् नयाँ एल्बमको यस् भिडियोलाई मोडेल तथा भिडियो एडिटर पौल शाहले सम्पादन गरेका छन् । भिडियो चाँडै रिलिज गरिने उनले बताएका छन् ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।