चर्चित कलाकार हरिवंश आचार्यबाट बाढि पिडित सहयोगार्थ एक लाख दिने घोषणा

Written by ArtistNepal News

दैवी प्रकोपमा विभिन्न साथ सहयोग गदैै आईरहेका कलाकारहरुले पनि बाढी पिडित सहयोगार्थ राहत संकलन कार्य तिव्र बनाएका छन ।

 

दैवी प्रकोपमा विभिन्न साथ सहयोग गदैै आईरहेका कलाकारहरुले पनि बाढी पिडित सहयोगार्थ राहत संकलन कार्य तिव्र बनाएका छन । यसै क्रममा मह संचारको तर्फबाट राहतको लागि रु एक लाख सहयोग गर्ने घोषणा गरेको छ । चर्चित कलाकार हरिवंश आचार्यले सामाजिक संजालबाट उक्त सहयोग गर्ने घोषणा गरेका हुन ।
देशका अधिकांश जिल्ला बाढीको डुवान र पहिरोमा परेको बेला मह संचार तथा मह जोडीको तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ भनेर विभिन्न संस्थाहरुसँग छलफलमा व्यस्त भएको जानकारी गराउदै सम्पूर्णलाई यस जटिल घडिमा आफ्नो तर्फ बाट सक्दो सहयोग गर्न  आचार्यले अपिल समेत गरेका छन ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।