फेशन संसार डक कमले फेशन स्केच प्रतियोगिता गर्दै ।

Written by ArtistNepal News

फेशन डिजाइनमा रुचि राख्ने ब्यक्ति हरुलाई लक्षित गर्दै “नेशनल फेशन स्केच कम्पिटिशन” को आयोजना हुने भएकोछ । ‘फेशन संसार डक कम’ले आयोजना गर्ने यस् प्रतिस्प्रस्धा दोश्रो सिजन हो ।

प्रेम दिवस अर्थात भ्यालेईनटाइन डे नजिकिदै गरेकोले यस पटकको चित्रकला प्रतियोगितामा माया, प्रेम र रोमान्स झल्किने सुन्दर ड्रेसको डिजाइन बनाउनु पर्ने छ र डिजाइनरले आफ्नो नाम सोही चित्रको छेऊमा लेख्नुपर्ने छ ।

यस प्रतियोगितामा भागलिनको लागि इच्छुक ब्यक्तिले प्रथमत फेशन संसारको कार्यालयबाट फर्म लिई अथवा पेजमा उपलब्ध फर्म प्रिन्टगरि फर्म भरेर आफ्नो सक्कली डिजाइन सहित यहि जनवरी २० सम्ममा फेशन संसारको कार्यालय डिल्लिबजार काठमाण्डौमा बुझाउनु पर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्धितिय र तृतिय साथै दर्शकद्धारा धेरै मनपराइएको डिजाइनलाई सम्मान प्रमाणपत्रको साथै ट्रफि प्रदान गरिने र प्रतियोगि सबैलाई प्रमाणपत्र उपलब्ध गराईने जानकारी फेशन संसारकिडाईरेक्टर सुरक्षा भट्टराईले बताउनु भयो।

natioanl fashion sketch competition

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।