चलचित्र पसिनाको हावा चल्यो सिरिरि गीत सार्वजनिक

Written by ArtistNepal News

मंगलावर राजधानीमा एक कार्यक्रमबीच चलचित्र पसिनाको सिनेमाघरमा आउने मिति र एउटा गीत सार्वजनिक गरिएको छ । ननस्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् ।

आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।

चलचित्र ‘पसिना’ मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । जीवन गौतम सहायक निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डी.सी.र कृष्ण रहेकाछन् ।

राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको सङ्गीत रहेको चलचित्रलाई नविन निरौलाले सम्पादन गरेकाछन् भने शिव बि.क.को नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व र रामकेसीको छायाँकन रहेको छ ।

सञ्चारकर्मी दीपज्योती थापाले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी अनिल योगी र सञ्चारकर्मी कृष्ण भुसालले शुभकामना मन्तव्य राखेका थिए । ‘सामाजिक र यथाथए घटनालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ’ निर्देशक आर.बि.खत्री ‘शरद’ले भने । सार्वजनिक गीत हावा चल्यो सिरिरिमा नारद रिजालको शब्द, राजनराज सिवाकोटीको सङ्गीत र स्वर रहेको छ भने गौरव र अनु फिचरिङ छन् ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।