लोकप्रिय गायक सिताराम पोख्रेलको “स्वार्थ तिम्रो” सार्वजनिक (भिडियो सहित)

Written by ArtistNepal News

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक सिताराम पोखरेलले उनको सुमुधुर आवाजमा रहेको “स्वार्थ तिम्रो “गीतको अर्को धमेकादार प्रस्तुती सहितको विल्कुलै फरक म्युजिक भिडियो एक पत्रकार सम्मेलन गरेर सार्बजनिक गरे । नेपाली चलचित्रका अग्रज व्यक्तित्व चलचित्र लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्माको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।


रमेश अधिकारीको शब्द तथा कर्ण राज कार्कीको संगीत रहेको यस गीतमा गायक सिताराम पोखरेलको सुमधुर आवाज रहेको छ । चर्चित मोडल तथा नायिका अनु शाह, गायक सिताराम पोखरेल, नायक सुबास पराजुली, अर्जुन गौतम तथा बाल कलाकार प्रांस तिवारीको बेजोड अभिनय रहेको यस म्युजिक भिडियोलाइ निर्देशक जनकदीप पराजुलीले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन । सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियो गायक पोखरेलको सत्रौ भिडियो हो।
लोकप्रिय गित “आखाको नानि हौ तिमि” भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ सफल गित गाएर नेपाली संगित प्रेमीहरुको मन मुटुमा बस्न सफल गायक पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक क्षेत्रमा लागेर एक सय पचास भन्दा बढी गीतमा आफ्ना सुमुधुर आवाज भरि सकेका छन । गायन संग संगै विभिन्न सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आइरहेका गायक पोखरेल दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट समेत सम्मानित भएका छन ।

भिडियो :

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।