मिस नेपाल आईडलको आयोजना हुँदै

Written by ArtistNepal News

सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको संस्था अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८” को आयोजना हुने भएको छ । यस् प्रतियोगितामा बिजेताले अन्तरराष्ट्रिय प्रतिस्प्रधामा समेत नेपालको प्रतिनिधित्व गरेर जान सक्ने आयोजकले बताएका छन ।

१८ बर्ष भन्दा माथिका न्युनतम ५.२ उचाई भएका, न्युनतम १२ सम्मको अध्ययन पुरा गरेको , राम्रो आचारण भएका अविवाहित महिलाले यस् प्रतियोगितामा भाग लिन सक्नेछन । इच्छुक प्रतिस्प्रधीले प्रतियोगितामा सहभागीता जनाउनको लागि कमलादी स्थित आर्टिस्ट नेपालको कार्यालयमा फर्मको लागि संपर्क गर्न सक्नेछन ।

प्रतियोगीहरुलाई कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफी गर्नेछिन भने ट्रेनिङ आर्टिस्ट नेपाल स्टुडियोसमा संचालन हुने अमाजोन ईन्टरटेन्मेन्टका कमल खतिवडाले जानकारी दिए ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।