भदौ ८ मा ‘रेनी’, यस्तो छ फस्टल’क

Written by ArtistNepal News

नयाँ फिल्म ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ। त्रिकोणात्मक प्रेमकथानक फिल्मको प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनीक गरिएको हो।

बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, स’रवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् । गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन।

काठमाडौ उपत्यका तथा कुलेखानीमा छायांकन गरिएको यस् फिल्म एक्शन,लभ,कमेडीका साथै सामाजिक सन्देश्युक्त भएको निर्मात्री बिमला बताउँछिन्। जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन्। राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन्।

RENI new Nepali Film Poster copy

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।