इन्डियन आइडलमा बिगत २ वर्ष सम्म नेपाली मुलका सहभागीले कार्यक्रम रोचक बनाएको थियो । संयोगले नेपाली मुलका कुनै पनि सहभागी यसपटक को इन्डियन आइडलको टप १० मा पुग्न सकेनन । तर गत मंगलबार को इन्डियन आइडलको कार्यक्रममा भने नेपालका बरिष्ठ संगीतकार रणजित गजमेरको आतिथ्यता, स्वागत्, र हार्दिक सम्मानले कार्यक्रम झनै रोचक भएको थियो ।
इन्डियन आइडल प्रतिस्पर्धाका क्रममा मंगलबार भारतिय सङ्गीतका प्रख्यात संगीतकार आरडी बर्मनको स्मृतिमा ‘आरडी बर्मन स्पेसल ‘ प्रस्तुत गरिएको थियो ।
बिशेष अतिथिका रुपमा गायिका आशा भोस्लेलाई निम्ताईएको थियो । सोहि क्रम मा आरडी बर्मन का समकालीन मित्रहरुको पंक्तिमा डाकिएका थिए- रणजित गजमेर । त्यो पनि केहि मादल को साथमा ।
प्रतिस्पर्धीहरुले आरडी बर्मनले सङ्गीतबढ्द गरेका लोकप्रिय गित गाए । रणजित गजमेरले मादलको साथमा ताल दिए ।” यो बाजाको नाम मादल हो , नेपाल मा बजाईन्छ ,” रनजितले भने । अनु उनले दुवै हातले मादल बजाएर देखाए पनि ,
मादल को तालमा इन्डियन आइडलका एक प्रतिस्पर्धीले गाए -‘ हम दोनो दो प्रेमी दुनियाँ छोड चलें…………………..’।
आरडी बर्मनको सहयोग / सहकार्यले मुम्बईमा स्थापित भएका रनजित गजमेरले मादल बजाएको देखेपछि भाबुक बनेकी आशा भोसलेले मन थाम्न सकिनन् । ” आरडी बर्मन दा ले रनजित लाई कान्छा भनेर बोलाउनु हुन्थ्यो …………..पुराना दिनको स्मरण गरिन ।
आरडी बर्मन र रनजित गजमेर को सहकार्य ले विश्वको दोश्रो ठुलो चलचित्र नगरी बलिउड सङ्गीतमा पहिलो पटक मादल को सृजनात्मक प्रयोग भएको थियो । बर्मन ले रनजित संग लामो सहकार्य गरेका थिए । रनजित संगको २७ बर्षे लामो सहकार्यको क्रममा आरडी बर्मनले आफु द्वारा सङ्गीत बढ्द अधिकांस चलचित्रमा कुनै का कुनै रुपमा मादल को घिन्तांगको प्रयोग गरेकै हुन्थे ।
भारतिय चलचित्र सङ्गीतमा चुड्का र समला जस्ता मादल को धुन प्रवेश गराउने श्रेय रनजितलाई नै जान्छ । हिन्दी चलचित्र ‘अजनबी’ को हम दोनो दो प्रेमी दुनियाँ छोड चलें…………भन्ने गीतमा मादल र गितार बाहेक अन्य कुनै पनि बाजाको प्रयोग भएको छैन ।
भारतमा रनजित लाई ‘नेपाली कान्छा ‘भन्ने गरिन्थ्यो । त्यसैले त बर्मन ले सङ्गीत बढ्द गरेका गीतहरुमा मादल को मिठो रिदमका साथ हे कान्छा …….. हे कान्छी …………… जस्ता नेपाली सब्द को पनि प्रयोग गरेको पाहिन्छ ।
आरडी बर्मन को निधन पछि भारतिय चलचित्र सङ्गीत मा मादल को र आफ्नो व्यस्तता कम भएको रनजित ले बताउदै आएका थिए । रेडियो नेपाल मा कर्यरात छदा प्रदेशी भनेर अपहेलित गरिएका रनजित गजमेर ले भारत मै बसेर कर्णप्रिय नेपाली गित को सृजना गर्नु भएको थियो ।