‘कबिर सिंह’ मा शाहिद कपुरको दमदार अभिनय, दर्शकबाट तारिफ नै तारिफ

Written by Artist Sansar

बलिउड अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘कबिर सिंह’ आज शुक्रबार देखि प्रर्दशनीमा आएको छ । यो साता नयाँ नेपाली फिल्म प्रर्दशनीमा नआउँदा दुई विदेशी फिल्म ‘कबिर सिंह’ र ‘टाइ स्टोरी ४’ले हल धानेका छन् ।

शाहिदको शिर्ष भूमिका रहेको कबिर सिंहले प्रशंसा पाइरहेको छ । फिल्म शाहिद एक म्याड लभरको रुपमा खरो उत्रिएका छन् ।
यो फिल्म साउथ इन्डियन फिल्म ‘अर्जुन रेड्डी’ रिमेक हो । रिमेक भर्सनबाट शाहिद कपूरको निकै तारिफ पाइरहेका छन् । यो फिल्मलाई भारतिय ट्रेन्ड एनालिस्ट तरण आदर्शले पावरफुल बताउदै पाँचमा तीन स्टार दिएका छन् ।

उनले शाहिदको करियरकै उत्कृष्ट कार्य समेत बताएका छन् । यो फिल्ममा शाहिद कपूरले जडिया युवकको भुमिका निभाएका छन् । कियारा अडवाणीको यो फिल्ममा छोटो भुमिका रहेको छ । उनको अभिनय साधारण छ तर आफ्नो स्टाइलले दर्शकको मन जित्न सफल भएकी छिन् । फिल्म ३ घण्टा लामो हुँदा हुँदै कबिर सिंहले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने भारतिय मिडियाले उल्लेख गरेका छन् ।

About the author

Artist Sansar