बिहानीको घामको पहिलो झुल्कोसँगै यहि सिनलाई क्ल्याप दिँदै भनिँदैछ – एक्सन २०६८ । अर्थात चलचित्रको भाषामा बर्ष २०६७ कट् हुदैँ छ भने २०६८ एक्सन । पहिलोको एन्डक्ल्याप भएको छ भने दोश्रोको सुभमुर्हत ।
एउटा बर्ष सुभराम्भ र अर्को बर्ष को पुर्बसन्ध्यामा पुरानो बर्षको मुल्यांकन गर्ने, गरिएको गल्तिलाई नदोहराउने बाँचा गर्ने, र नयाँको सुखद् अपेक्षा गर्ने गरिन्छ ।
ललितकलाका बिबिध पाटामध्येको चलचित्र र सङ्गित जगतले बर्ष २०६७ मा धेरै क्षति गुमायो । अर्थात नेपाली कलाजगतमा बर्ष ०६७ कालो बर्षको रुपमा रह्यो भन्दा पनि फरक पर्दैन । नेपाली सङ्गित जगतका लोकपृय गायक कुमार कान्छा, कल्यान शेचरण,हिरादेबी वाईबाको निधनले सङित क्षेत्र टुहुरो जस्तै भयो । त्यस्तै ब्यक्तिगत कारणले तामाङ सङितकि लोकपृय गायिका योगिता मोक्तानले पनि आत्महत्या गरिन् । यता चलचित्र क्षेत्रमा पनि गुरुबा गोपाल भुटानी र शान्ति मास्केको निधनले उध्योग अभिभाबक बिहिन जस्तै भएको महशुस गरियो ।
चलचित्र सन्ख्यात्मक रुपमा बने,तर गुणात्मकता भने भएन । गत बर्ष जस्तै दिनजस्तो मुर्हत भयो चलचित्रको तर प्रदशनमा ज्यादा कष्टप्रद रह्यो । अपेक्षा गरिएका चलचित्रले पनि हप्तादिन भन्दा बढि काट्न सकेनन् । प्राय: नयाँ कलाकारको प्रबेशले यो बर्ष स्टार भेल्युमा नराम्ररी गिरावट आयो । यो वर्षभरिमा ७३ वटा चलचित्रको सेन्सर भयो ।
पाईरेसीले आक्रान्त नेपाली सङ्गितमा नयाँ-नयाँ आर्टिस्टको जन्म कायमै रह्यो । यो बर्ष रामकृष्ण ढकाल ( शैली), शिब परियार (फाटेको मन), स्व. कुमार कान्छा (साईनो)दिपक बज्रचार्य – अनरस (राईज म्युजिक)लगायतका एल्बम चर्चित रह्ने भने चलचित्र सङ्गितमा मायाँमा – कस्लाई दिउ यो जोबन -प्रबिशा अधिकारी), संगी ब्याच नं. १६, शिव परियार), काठमान्डौँ -काठमान्डौँ कैलाश खेर), सुपरस्टार- सुगम पोखरेल, स्वर्), लगायतका चर्चित रह्हे