एजेन्सी– विजय देवराकोन्डा स्टारर साउथ ब्लकबस्टर फिल्म ‘अर्जुन शेड्डी’को रिमेक ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो प्रर्दशन गरेको छ । यो फिल्मको सफलतालाई मध्यनजर गर्दै करण जोहरले विजय देवराकोन्डाकै फिल्म ‘डियर कमरेड’को हिन्दी रिमेक बनाउने भएका छन् ।
यो फिल्म अहिले प्रर्दशनरत छ । करणले फिल्म हेर्ने बित्तिकै रिमेक बनाउने घोषणा गरेका थिए । उनले हालै डियर कमरेडको रिमेक राइट्स किनेका छन् । भारतिय मिडिया अनुसार, करणले ६ करोडमा डियर कमरेडको राइट्स किनेका छन् । यति भारी रकम टेम्पर (सिम्बा) र कंचना २ (लक्ष्मी बाम्ब)ले पनि तिरका थिएनन् ।
लभ स्टोरी फिल्ममा विजय देवराकान्डा र रश्मिका मन्दानाको मुख्य भुमिका रहेको छ । तर यसको रिमेकमा कलाकार फाइनल भएका छैन ।