नायक आर्यन सिग्देललाई पुत्र लाभ

Written by Artist Sansar

वैशाख ६ गते अभिनेता आर्यन सिग्देल तथा उनकी धर्मपत्नी सपना भण्डारीका लागि यसै पनि विशेष हुन्छ । किनभने उनीहरू वैशाख ६ का दिन म्यारिज एनिभर्सरी सेलिब्रेट गरेका छन् ।

चार वर्षअघि उनीहरूले यही मितिमा लगनगाँठो कसेका थिए । यही विशेष दिन वैशाख ६ गते नै अभिनेता सिग्देल बुवा बनेका छन् भने सपना आमा । आर्यनकी धर्मपत्नी सपना भण्डारीले आजै पहिलो सन्तानका रुपमा छोरालाई जन्माएकी हुन् । वसुन्धरास्थित चिरायु अस्पतालमा सपनाले छोरा जन्माएकी हुन् ।

डा. बिना बस्नेतले सिजरिङमार्फत सपनालाई सुत्केरी गराएकी छिन् । यसबीच आर्यन र सपनाले आफ्नो पहिलो सन्तानको नाम ‘आयान्स’ राखेका छन् ।

About the author

Artist Sansar