नेपाली चलचित्रमा सम्भावना देखिएका ५ नयाँ अनुहार

गएको वर्ष २०७५ मा सर्वाधिक ९३ वटा चलचित्र प्रदर्शनमा आए । तीमध्ये ९० प्रतिशतभन्दा बढी चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न सकेनन् । ५ प्रतिशत चलचित्रले लगानी सुरक्षित गरे भने बाँकी ५ प्रतिशत चलचित्रले मात्र मुनाफा आर्जन गरे । चलचित्रको व्यवसायिक पक्ष जे जस्तो भए पनि चलचित्र क्षेत्रमा यो वर्ष झण्डै दुई दर्जन नयाँ अनुहार अभिनेता तथा अभिनेत्रीका रूपमा रजतपटमा पदार्पण गरेका छन् । पदार्पण गर्ने नयाँ अनुहारमध्ये अधिकांशले प्रभावकारी काम गरे भने केहीले रहर पूरा गर्न मात्र चलचित्र क्षेत्रलाई रोजेका देखियो ।जसमध्ये नेपाली चलचित्रमा सम्भावना बोकेका ५ नयाँ नायिका बारे चर्चा गर्दै छौ।

शिल्पा मास्के :
अभिनेत्री शिल्पा मास्के त्यस्ती भाग्यमानी कलाकार हुन्, जसले पदार्पण गरेकै वर्ष तीन वटा चलचित्रमा अभिनय गरिन् । तीमध्ये द ब्रेकअप तथा कागजपत्र त प्रदर्शन नै भैसकेका छन् । अहिले उनी चलचित्र सानो मनमा व्यस्त छिन् ।

मलिका महत:
यात्रा : अ म्युजिकल ब्लगमार्फत अभिनय क्षेत्रमा आएकी मलिका महतले पहिलो चलचित्रमै दृष्टिविहीन युवतीको भूमिका निर्वाह गरेकी छिन् । अभिनेता सलिनमान बनियाँको जोडीका रूपमा मलिका प्रभावकारी देखिएकी छिन् ।

उपासना सिंह ठकुरी:
निर्माता भुवन केसीको चलचित्र क्याप्टेनबाट रजतपटमा आएकी अभिनेत्री हुन्– उपासना सिंह ठकुरी । अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्दै अभिनय यात्रा प्रारम्भ गरेकी उपासनाले पहिलो चलचित्रबाटै प्रशस्त सम्भावना देखाएकी छिन् ।

सुहाना थापा:
अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन्– सुहाना थापा । चलचित्र ए मेरो हजुर–३ बाट दर्शकमाझ आएकी सुहानाले पहिलो चलचिक्रमै अनमोल केसीसंग अनस्त्रिम रोमान्स गर्ने मौका पाएकी सुहानाले पहिलो चलचित्रको प्रतिक्रियापछि मात्र अभिनयको भविष्य निर्धारण हुने बताएकी छिन् ।

निरिशा बस्नेत:
चलचित्र जानी नजानीबाट रजतपटमा आएकी निरिशा बस्नेत चलचित्रकर्मी विश्व बस्नेतकी छोरी हुन् । मुम्बईमा बसेर हिन्दी धारावाहिकहरूमा अभिनय गरिरहेकी निरिशाले आफ्नो पहिलो नेपाली चलचित्रबाट राम्रो सम्भावना देखाएकी छिन् ।

Categories:

,

Tags: