बरिष्ठ लोकगायक कल्याण शेरचनको निधन

वरिष्ट लोक गायक एवं संगीतकार कल्याण शेरचनकोमाघ २४ गते शोमबार पोखरामा निधन भएको छ ।

वि.स.२००३ सालमा बाबा खडक बहादुर शेरचन र आमा उजेली शेरचनको कोखबा पोखराको रानीपौवा जन्मनु भएका शेरचन २०२० सालमा किन रोयो दमिनी भाउजु, दमै दाईले कुटेर टयाङ्कु फुटेर बोलको गीत गाएर गायन क्षेत्रमा प्रवेश गर्नुभएको हो । शेरचनको पहिलो रेकर्ड गीत भने घर मेरो खुदिमा, बुढो भईयो हे ठूली, के जानु रोधीमा हो जुन २०३३ सालमा रेकर्ड भएको थियो ।

उहा द्धारा स्वरबद्ध गीत आहा कलिलो तामालाई सोध रामलाई , सोह्र वर्षे उमेरैमा मैपनि झिल्के हुदो हो आज पनि त्यत्तिकै मार्मिक र लोक पि्रय रहेको छ । करिब ६० वटा जति लोक भाकाको गीत आफनै आवाजमा रेकर्ड गरि सक्नु भएका शेरचनले १ सय वटा जति गीतमा संगीत पनि भरि सक्नु भएको छ ।

गायक शेरचनको हितको दौतरी भाग १ र २ बजारमा उपलब्ध रहेको छ । पोखरा मै जन्मिएर कर्म थलो पनि पोखरालाई नै बनाएका गायक शेरचनको पुख्यौली घर भने मुस्ताङको थाकखोला रहेको छ । प्रमाण पत्र तहसम्म अध्ययन गर्नुभएका गायक शेरचन नेपाल सरकारको शिक्षा मन्त्रलयका उपसचिव पदबाट अवकास प्राप्त पूर्व कर्मचारी समेत हुनुहुन्छ ।

गीत संगीत प्रस्तुत गर्ने क्रममा उहाले नेपालका सबै जिल्ला एवं भारतका विभिन्न ठाउको भ्रमण गरिसक्नु भएको छ । स्व. गायक शेरचन २०५४ सालमा हिमाली सास्कृतिक परिवार पोखरा, २०५५ सालमा लालबहादुर ढेवाजु स्मृति संगीत पुरस्कार, २०५६ सालमा आठौ दक्षिण एशियाली खेलकुद पुरस्कार, २०६१ सालमा ऐश्वर्य सास्कृतिक शिल्ड र २०६७ सालमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गरि दजनौ संघ संस्थाबाट सम्मानित भई सक्नु भएको छ ।

आफनो जिवनको पूरै समय लोक गीत र संगीतको क्षेत्रमा र्खच गरेरका यी स्रष्ट हिमाली सास्कृति परिवार पोखराको प्रमुख सल्लाहकार, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको सल्लाहकार, भू.पू. खेलाडी मञ्च कास्कीको सल्लाहकार, संगीत प्रशिक्षण केन्द्र पोखराको आजीवन सदस्य समेत हुनुहुन्छ । स्व. गायक शेरचनको एक श्रीमती र दुई छोरी हुनुहुन्छ । उहाको आज नै बौद्ध अर्घो सदन पोखरामा थकाली परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।