‘भ्यालेन्टाइन’डे मा ‘बाचा’ र ‘पाठशाला’

Written by Artist Sansar

राईज म्यूजिकले भ्यालेन्टाइन डेको अबसरमा राजधानीको ठमेल अबस्थित कन्फर्ट जोनमा एक कार्यक्रमको आयोजना गरि कम्पनीको २ नयाँ एल्बमको बिमोचन गरेको छ ।

बी साईडर्ज- “पाठशाला – अ स्कुल अफ र्याप” र जगत बोहराको “बाचा” संचारकर्मीद्वय कृष्ण भट्टराई र भरत शाक्यले बिमोचन गरेका हुन् ।

जगत बोहराको बाचा

सानै देखि सङ्गित भन्ने बित्तिकै हुरुक्कै हुने र बिगत सात बर्ष देखि सांगीतिक परिबेशमा रम्दै बसेका जगतको सात बर्ष अघि देखिकै एकल एल्बम निकाल्ने सोच अहिले आएर पूरा भएको छ ।

उनले धेरै मेहनतका साथ ‘बाचा’ एल्बम बजारमा ल्याएका छन् । नेपाली सङ्गित जगतमा एक नयाँ एबम् आशा लाग्दा गायकका रुपमा रहेका जगतको यस एल्बममा सात ओटा गित समाबेश गरिएका छन् । जसमा प्रबिन, जेम्स प्रधान,सुनिल बर्देवा, मनोज पौडेल, बिबेक भट्टराई र प्रतिक थापाले एरेन्जमा साथ दिएका छन् ।

मनोज के.सी ‘समय’,बिबेक भट्टराई,नकुल कार्की र जगत स्वैमको शब्द रहेको उक्त एल्बममा नकुल कार्की,बिबेक भट्टराई, र जगत आफैँले सङगित भरेका छन् भने भिडियो दर्शकको लागि ‘बाचा’ गितको सुमन श्रेष्ठको निर्देशनमा म्युजिक भिडियो समेत तयार पारेका छन् ।

बी साईडर्जको – पाठशाला

आज भन्दा ६ बर्ष अघि बिराटनगरको कम्बास कलेजका बिद्यार्थीहरुले सुरुवात गरेको र्याप सांगीतिक समूह- बी साईडर्जको पहिलो एल्बमको रुपमा “पाठशाला – अ स्कुल अफ र्याप”को पनि अहिले आफ्नो प्रस्तुति लिएर आएको छ ।बी साईडर्जको स्थापनाकाल देखि हाल सम्म सक्रिय सुप्रिम पाण्डे मेलोडीमा छन् भने र्यापमा प्रतिक थापा र हिमाल दाहाल छन् ।

सम्पुर्ण गितहरुमा आफैँले शब्द र सङ्गित सृजना गर्ने यस समुह बिराटनगरको चर्चित ब्यान्ड हो । पाठशालामा ९ ओटा गीतहरु संग्रहित छन् भने मध्य अधेरी रातमा बोलको गीतको म्यूजिक भिडियो पनि तैयार भएको छ ।

About the author

Artist Sansar