मण्डला शैलीमा रम्दै चेल्सी

काठमाडौँ — बैशाख १६
पछिल्ला समयमा व्यावसायिक चित्रकार बढ्दै गईरहेका छन् । त्यसै परिप्रेक्ष्यमा नेपालगन्ज पासाङल्हामु रोडमा स्थायी घर रहेर भारतको बैङ्लोरमा आम संचार तथा पत्रकरिता विषयमा अध्यनरत चेल्सी बोथ्रा मण्डला शैलीको चित्रकला मार्फत नेपाली कला क्षेत्रमा प्रवेश गर्दै छिन ।

शनिबार अर्थात् छुट्टिको दिन। यो दिन बोथ्राका लागि भने कला सिर्जनाको दिन बन्थ्यो। पढाई संगसंगै मण्डला चित्रकलातर्फको विशेष रुचीका कारण १९ वर्षको कलिलो उमेरमै चेल्सीले बनाएका नेपालको लोक कलाको रुपमा चिनिने मण्डला शैलीका चित्रकलाका आध्यात्मिक विम्ब, जनजीवन, चालचलन, रीतिथिति र घटनाक्रम सुन्दर र हेर्न लायक देखिन्छन् ।साँस्कृतिक र कला क्षेत्रमा अग्रणी पहिचान बोकेका मण्डला शैलीको कला आफैँमा मौलिक हो । बौद्ध तथा हिन्दू पौराणिक कथामा समावेश कथावस्तु र संस्कृति जोगाउन यस चित्रकलाले ठुलो भूमिका खेल्दै आएको छ ।

भौगोलिक क्षेत्र तथा ऐतिहासिक पक्ष र संस्कृतिको पहिचान दिने ‘मण्डला चित्रकला’ पछिल्लो समयमा मौलिकतासँगै आधुनिकता जोडेर व्यावसायिक बन्दै गएको छ जसले गर्दा पछिल्लो समय बोथ्रा जस्ता युवा पुस्तामा यसतर्फको आकर्षण समेत बढ्दै गईरहेको देखिन्छ ।बोथ्राका चित्रहरुमा देशप्रतिको अगाध प्रेम/माया प्रकट भएको स्पष्ट रुपमा झल्किएको देखिन्छ । पछिल्लो समय नेपाली युवा पुस्ताहरुमा बदलिँदो राजनितिक परिदृश्य र घटनाक्रमले देशप्रति बध्दै गएको वितृष्णालाई हटाउदै आफ्नो चित्रकला प्रदर्शनीमार्फत देशप्रतिको माया/मोह अझै उत्तिकै बेजोड रहेको छ भन्ने देखाउन चाडै नै राजधानीमा प्रदर्शनी राख्ने सोचमा रहेको बताईन ।

हिन्दु तथा बौद्ध दर्शनमा आधारित विषयवस्तुलाई विभिन्न रङ मिश्रण गरी मण्डला शैलीको चित्र निर्माण गर्छन् । मण्डला शैलीको चित्र बनाउँदा कलाकारले निश्चित नियम पालन गर्नुपर्छ । मनगढन्ते चित्र कोर्न पाउने छुट हुन्न ।

मण्डला शैलीका पुराना नियमहरू पालना गर्दै यसमा नयाँ गर्न सकिने भन्दै बोथ्राले नेपालको झ्ण्डा बनाउने कोसिस गरिन । ‘मण्डला शैलीमा कोरिने बुट्टा निश्चित छन्, त्यसमा कलाकारले यताउति गर्न मिल्दैन,’ उनले भनिन, ‘साइजमा भने परहेज छैन । नियम पालना गर्दै जत्रो साइजको चित्र बनाए पनि हुन्छ ।’

औपचारिक रुपमा कुनैपनि किसिमको चित्रकला सम्बन्धी शिक्षा नलिएपनि मण्डला शैलीको चित्रकला मार्फत आफुमा समेत एकाग्रता बढ्दै जाने हुनाले यसतर्फ सानैबाट आकर्षित हुँदै गएको बताउछिन । इन्टरनेट तथा बिभिन्न ऐतिहासिक पुस्तकहरुबाट मण्डला शैलीको चित्रकलावारे स्व-अध्ययन गरेको बताउने बोथ्राले भनिन् — ‘मण्डला चित्रकला बारे पछिल्लो समय मैले जे अनुभव गरेँ त्यसैलाई रंगमा उतारेँ,’ उनले भनिन्, ‘संस्कार र संस्कृति फरक हुँदा क्यानभासका विषयवस्तु पनि बहु आयामिक हुँदा रहेछन् ।’

चित्रकलामै भविष्य खोज्ने योजनामा रहेकिन बोथ्रा केही नयाँ गर्ने इच्छा, सोच छ भने चुनौती लिनैपर्ने बताउँछिन् । बोथ्राका अनुसार अन्य मुलुकसित तुलना गर्दा नेपालको कला बजार त्यति ठूलो छैन । तर पछिल्लो वर्ष कलाको बजार राम्रो भएको छ । इनोभेटिभ र क्रियटिभ काम गर्ने कलाकारको जीविकोपार्जनमा समस्या नहुने चेल्सी बोथ्राले बताईन ।

Tags: