चर्चित मोडल तथा कान्तिपुर टेलिभिजनकी पूर्व कार्यक्रम सञ्चालिका प्रियंका कार्की हालसालै बिबाह बन्धनमा बाधिएकी छिन ।
अमेरिकाको नर्थ अल्बामा युनिभर्सिटीमा डिजिटल मिडिया प्रोडक्सन विषयमा अध्ययन गरिरहेकी २००५ की मिस टिन नेपाल प्रियंका कार्कीले तीन वर्षअघि रोचक मैनालीलाई आफ्नो जीवनसाथीलाई त्यही युनिभर्सिटीमा भेटेकी थिइन् र उनीहरुको पिरती पनि त्यहि बेलादेखिनै सुरु भएको हो ।
गत मंगलबार स्वयंवर गरेर रोचकलाई आफ्नो वर रोजेपछि त्यही साँझ आर्मी अफिसर्स क्लबमा उनीहरूले एउटा भव्य रात्रिभोजको आयोजना गरेका थिए ।
प्रियंका-रोचकका जोडी विवाहको केही समयपश्चात् अध्ययन पूरा गर्न अमेरिका र्फकनेछन् । रोचक हाल टेक्सासस्थित एक सफ्टवेयर कम्पनीमा प्रोग्रामर छन् भने प्रियंका डिजिटल मिडिया प्रोडक्सन विषयमा स्नातक गर्दैछिन् ।