रत्न शमशेर थापाको नयाँ गीति संग्रह

गीतकार रत्न शमशेर थापाको एकल शब्द रहेको नया आधुनिक गीति संग्रह चाडै नै बजारमा आउने भएको छ । ८ वटा गीतहरु समावेश गरिने उक्त एल्बममा संगीत तथा आवाज नारायण वलीको रहने छ ।

डाक्टर बन्ने सपना बोकेर आईएस्सी भर्ना भएका रत्न समशेर थापालाई अस्वस्थताको कारण ४ बर्ष पछि त्रिचन्द्रमा भर्ना भएका थिए । त्रिचन्द्र पढ्दा देखिनै मन छुने गित सृजना गर्ने गरेका रत्न शमशेरका सहपाठीहरुमा डा. राम मान तृषित, नारायण गोपाल, नातिकाजी, प्रेमध्वज प्रधान आधि सांगीतिक जगतकै थिए । यहि सांगीतिक माहोलमै पहिलो पटक २०१८ सालमा भारतमा नारायण गोपालको स्वर र संगीतमा ६ ओटा गित रेकर्ड गराएका थिए । यतिखेर उनि ७२ औं बसन्तमा छन् ।

यस बिचमा ३ हजार भन्दा बढी गित लेखिसकेका रत्नशमशेरको यस एल्बमले ६०/७० दशकको झझल्को प्रदान गर्नेमा उनि बिस्वस्त छन् ।


Comments are closed.