लक्ष्मीनाथ शर्माको चलचित्रकला

चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माद्वारा लिखित ‘चलचित्रकला’ नामक चलचित्र निर्माण कलासम्बन्धी पुस्तक हालै सार्वजनिक गरिएको छ। पुस्तकमा अन्तर्राष्ट्रिय चलचित्रजगत्मा आएका प्रयोगका बारेमा चर्चा गरिएको छ।

विश्वस्तरका चलचित्र शैली सिद्धान्त एवम् प्रवृत्तिलाई पुस्तकभित्र समेटिएको सो पुस्तकमा चलचित्र इतिहासमा सफल चलचित्र दिन सफल निर्देशकका परिचय उनीहरुको कार्यशैली उनीहरुले भित्र्याएका नयाँ प्रयोग एवम् योगदानको चर्चा गरिएको छ।

प्रथम संस्करणको रुपमा साझा प्रकाशनले विसं २०३८ सालमा प्रकाशमा ल्याएको उक्त पुस्तकलाई पुनर्परिष्कार एवम् परिमार्जन गरी जगदम्बा प्रकाशनले दोस्रो प्रकाशनको रुपमा बजारमा ल्याएको छ।

Tags:


Comments are closed.