लोकप्रिय गायिका योगिता मोक्तानद्धारा आत्माहत्या

तामाङ सेलो , गित सङ्गितकि लोकपृय गायिका योगिता मोक्तानले आत्महत्या गरेकी छिन् । यो खबरले यतिखेर सम्पुर्ण सङ्गित जगत, तामाङ सङीतका पारखिहरुलाई स्तब्द पारेको छ ।यस घटनालाई नेपाली लोक सङ्गितका साथै तामाङ्ग साङितिक जगतकै ठुलो क्षतिको रुपमा लिएको छ ।

गत मंसिर महिनामा बिबाह बन्धनमा बाँधिएकि योगिता ललितपुरको बागडोलस्थित घरमै आत्महत्या गरेको पारिवारिक स्रोतले जनकारी गराएको छ। मोक्तानको शब प्रहरी मुकुल्चापछि पोस्टमार्टमका लागि पाटन हस्पिटलमा बिहान ल्याईएको थियो । जहाँ तामङ् सभाषद, सङ्घसँस्थाका प्रतिनिधि, कलाकार लगायत उनका सुभ-चिन्तकको ठुलो भिड लागेको थियो ।

आजै उनको शबमा अन्तिम श्रदान्जलीका लागी एक् समिति पनि गठन गरिएको छ। नेपाल तामाङ कलाकार संघका अध्यक्ष चन्द्रकुमार दोङको संयाजकत्वमा गठित ‘योगिता मोक्तान श्रद्धाञ्जली कार्यक्रम व्यवस्थापन समिति’ मा नेपाल तामाङ घेदुङ, नेपाल तामाङ राष्ट्रिय महासंघ, तामाङ समाज डटकम, तामाङ युवा समाज, तामाङ चौतारी समूह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका छन् । समितिले भोली नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी मोक्तानको शवमा श्रद्धाञ्जली अर्पण गर्नका लागि व्यवस्था गरिने संयोजक दोङले बताएका छन् । श्रद्धाञ्जलीपछि भोलि नै बौद्ध परम्पराअनुसार स्वयम्भूमा उनको अन्तिम दाहासंस्कार गरिने जनाएको छ ।

आर्टिस्ट नेपाल परियार सुमधुर स्वरकी धनी स्वर्गीय योगिता मोक्तानको चिर आत्माको शान्तिको लागी कामना गर्दछ ।

Categories:

Tags:


Comments are closed.