एशीयन म्युजिकका संचालक इश्वर गुरुङले संगीत क्षेत्रमा संघर्षको लामो यात्रा गरेका छन् । संगीत उनको सानै देखीको रुचीको विषय थियो । स्कुल पढदा पर्वतको श्रीजनता सुदर्शन माबीको वार्षीकोत्सव समारोहमा नाच्थे र गाउँथे । सानैदेखी उनी मादल र बाँसुरी बजाउँथे ।
एसएलसीपछि इश्वर कलेज पढन भनेर पोखरा आए । पिएन क्याम्पसमा पढदा पनि कलेजका कार्यक्रममा उनी सहभागी हुन्थे । त्यसबेला पोखरामा विभिन्न साँगीतिक ब्याण्ड खुलेका थिए । मध्यान्ह, ब्रोसीस, कन्दरा, लेकाली, परिवेश, देउरालीलगायतका ब्याण्ड चर्चित थिए । इश्वर बजारमा नयाँ गीत आयो की सुनीहाल्थे । संगीतको त उनलाई नशा नै लागीसकेको थियो ।
त्यसै क्रममा केही साथीहरुसँग मिलेर इश्वरले पोखरामै ‘पंचासे’ नामक ब्याण्ड स्थापना गरे । त्यो ब्याण्डको ‘पिउँदा पिउँदै ढलें भने’ बोलको गीत खुबै चल्यो पनि । ब्याण्ड स्थापनापछि भने इश्वर त्यसको व्यवस्थापन र बजारको खोजीमा लागे । साँगीतीक बजारको भविश्य खोज्दै उनी काठमाडौं आए । ब्याण्डका सहकर्मीले उनलाई नेता बनाएर काठमाडौं पठाएका थिए । काठमाडौंमा इश्वर विभिन्न म्युनिक कम्पनीमा धाए । तर उनले कुनै पनि कम्पनीबाट राम्रो रेस्पोन्स पाएनन । एल्बम निकालीदिन आग्रह गर्दा सबैले ‘भोली भोली’ भनेर टारे । नयाँ कलाकार र ब्याण्डलाई स्थापीत हुन गर्नु परेको संघर्ष उनले नजिकबाट भोगे ।
त्यसको १५ दिनपछि इश्वर पोखरा फर्कीए । त्यसबेला आफुलाई डिबी गुरुङले उत्साहीत गरेको इश्वर सम्झन्छन् । ‘डिबी दाईले संघर्ष गर्नुपर्छ भन्दै मलाई र ब्याण्डका साथी मनोज गुरुङलाई फेरी काठमाडौं पठाउनुभयो’, इश्वर भन्छन, ‘काठमाडौं आएपछि आफै कम्पनी खोल्यौं र पंचासे ब्याण्डको एल्बम लन्च ग¥यौं ।’
त्यसैबेला स्थापना भएको हो, एसीयन म्युजिक कम्पनी । २०६१ सालमा स्थापीत एशीयन म्युजिक कम्पनीले सुरुमा धेरै संघर्ष गर्नुप¥यो । अडीयो सिडीका डिलरले नयाँ कम्पनीलाई विश्वास गर्दैनथे । नयाँ कम्पनीका सामान राख्दैनथे । एशीयन म्युजिक आफनै प्रयासमा स्थापीत हुदै गयो । अनुभवले खारीदै सफलता प्राप्त गर्दै गयो ।
संगीत बजारमा केही हलचल ल्याउने धुनका साथ अघि बढीरहेकै बेला इश्वर र उनको एशीयन म्युजिक कम्पनी ‘पाईरेसी’को मारमा प¥यो । एल्बमका सीडी विक्री हुन छाडे । संगीत बजारमा मन्दी छाउन थाल्यो । प्रविधिले पारेको यो असरले इश्वरलाई इन्तु न चिन्तु बनायो । कहाँसम्म भने नेपाल टेलिभिजनमा साँगीतीक कार्यक्रम संचालन गर्ने क्रममासमेत उनले बाधा अडचनको सामना गर्नुप¥यो । ‘एनटीभीमा विहानको साढे सात बजेको कार्यक्रमका लागि मैले टेण्डर जितेको थिएँ’, इश्वर सम्झन्छन, ‘तर पहिले कार्यक्रम चलाउनेहरुले मलाई एक्ल्याउन आन्दोलन नै गरेका थिए । पछि कानूनी रुपमा मेरो हात माथि थियो । अनुभव हुदै गएपछि बल्ल यस क्षेत्रमा काम गर्न सजिलो हुँदैगयो ।’
अहिले संगीत बजारमा पाईरेसी र सिआरबीटी चोरीले म्युजिक कम्पनीलाई खर्च धान्नै धौ धौ परीरहेको इश्वरको गुनासो छ । ‘श्रोता दर्शक बढेका छन । प्रविधि पनि छ । तर प्रविधि र प्रतिभा भए पनि यसमा पैसा छैन’, इश्वर भन्छन, ‘तैपनी भविश्य सुन्दर हुन्छ की भनेर यसमा लागी रहेका छौं ।’ संगीत बजार सुधार्न कलाकार र कम्पनीवीच सहमती र समन्वय हुनुपर्ने इश्वरको ठहर छ ।
हालसम्म पप, आधुनिक, भजन र लोक लगायतका गीतका एल्बम बजारमा ल्याईसकेको एशीयन म्युजिकबाटै मिनु गैरे, अर्पणा श्रेष्ठ, सोनाम शेर्पा र निरोज लामाजस्ता प्रतिभा मात्र नभई चर्चित गायक विजय लामाले समेत एल्बम निकालेका छन् । यसक्रममा एशीयनले विभिन्न नयाँ कलाकारका एल्बम निकालेर नयाँ प्रतिभालाई मौका दियो । ‘आफुले कलाकारका रुपमा भोग्नु परेको कष्ट र संघर्ष सम्झीएर मैले सदा नयाँ प्रतिभालाई मौका दिएँ’, इश्वर भन्छन, ‘अहिले संगीतको बजार सन्तोषजनक छैन । तर मैले नयाँ कलाकारका सिर्जनालाई ठाउँ दिदै आएको छु ।’