सफलता चुम्दै ससाङ्क

Written by Artist Sansar

भर्खरै मात्र थाइल्याण्डमा आधा दर्जन बढी भिडियो निर्देशन गरी नेपाल फर्किएका निर्देशक ससाङ्क कँडेलको चर्चा अहिले चुलिँदै गएको देखिन्छ

आर्टिस्ट नेपाल

भर्खरै मात्र थाइल्याण्डमा आधा दर्जन बढी भिडियो निर्देशन गरी नेपाल फर्किएका निर्देशक ससाङ्क कँडेलको चर्चा अहिले चुलिँदै गएको देखिन्छ । गायकबाट निर्देशक बनेका कँडेलको निर्देशन क्षमताका कारण उनी यस क्षेत्रमा जम्न सफल भएको कुरालाई यसै नकार्न सकिन्न । उनले डाइरेक्शन करियरमा पछिल्लो समयमा गरेको भिडियोले यस कुरालाई पुष्टि गरिदिएको छ ।

नवप्रवेशीको रुपमा साँगितिक क्षेत्रमा प्रवेश गरेका प्रतिभाशाली गायक निराजन कँडेलको दिलमाया बोेलको गितले ससाङ्कलाई थप भिडियो निर्देशन गर्न प्रोत्साहन थप्यो । बुढापाका देखि बालबालिका सम्मलाई आकर्षित गर्ने दिलमाया बोलको भिडियो अहिले पनि चर्चामा छ । यसैगरी कँडेलले ख्यातीप्राप्त गायक प्रमोद खरेलद्धारा स्वरबद्ध आफु दुखी बनेरलाई पनि कलात्मक ढंगले निर्देशन गरेका छन् । जुन भिडियोले अहिले नेपाली मिडियामा राम्रो स्थान पाएको छ । उनको निर्देशन यात्रा विदेशी भुमि थाइल्याण्ड सम्म कसरी पुग्यो त भन्ने हाम्रो प्रश्नमा कँडेलको छोटो छरितो वाक्य थियो “मेरो काम प्रतिको लगाव र आत्म विश्वास’’ । आर्टिस्ट नेपालको तर्फबाट ससाङ्कलाई शुभकामना ।

About the author

Artist Sansar