हङकङका नेपाली कलाकार

हङकङमा धेरै नेपाली कलाकारहरु कार्यक्रमको शिलशिला मा पुगेका छन् । छोटो समयमा, र कम लागतमै कार्यक्रम गर्न सकिने भएकोले पनि हङकङमा सबभन्दा बढी साङ्गीतिक कार्यक्रम नेपालीकै हुन्छ । हङकङ नपुग्ने कलाकर्मी कमै होलान, तर हामी चर्चा गर्दै छौँ । लामो समय देखि हङकङमा बसोबास गरिरहनु भएका हाम्रा कलाकर्मीहरुको बारेमा ।
धेरै कालजयी सङ्गीत सिर्जना गर्नु भएका दिनेश सुब्बा एक दशकअघि देखि हङकङमा नै हुनुहुन्छ । बादलुको घुम्टोले इलाम बजार छोपिँदा…. जस्ता सदाबहार गित का संगीतकार हङकङको व्यस्त जीवनशैलीमा पनि नेपाली सङ्गीत साधनामै बिताईरहनुभएको जानकारी मा आएको छ । दिनेश सुब्बा हिमालयन टोन्स म्यूजिक एकेडेमी सँगै ‘रेकर्डिङ स्टुडियो’ पनि खोलेका छन् ।
एकताका पूर्वी नेपालमा नामी बनेको हिमायती परिवारका जनवादी गायक शिव सुब्बा र किशोर श्रेष्ठ पनि हङकङमै छन् । पपका निमा रुम्बा र लोकका खेम गुरुङ जस्ता गायकहरूले लामो समयसम्म हङकङलाई कर्मथलो बनाएका थिए ।
हङकङलाई कर्मक्षेत्र बनाएर तबलामा अन्तर्राष्ट्रिय परिचय बनाउन लागेका हरि श्रेष्ठ अहिले चिनियाँ साजमा तबला र मादलको ताल मिसाउन व्यस्त छन् । चीन, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड, मकाउ आदि ठाउँका साङ्गीतिक प्रस्तुतिका लागि सधैं वायुवेगमा रहने उनी शिरमा भादगाउँले टोपी र हातमा नेपाली झ्ण्डा कहिल्यै छुटाउँदैनन् । हङकङका ठूल्ठूला क्लबहरूमा हरिको तबला धुनका लागि महँगो टिकट बिक्री हुन थालेको छ । नेपाली सङ्गीतबाट स्तरीय जीविकोपार्जनसँगै राम्रो कमाइ गरिरहेका छन् उनि ।
चेतमान गुरुङ लामो समय नेपाली सङ्गीतमा बिताएका अर्का कलाकर्मी हुन् । एक दशक अघि देखि उनिपनि हङकङमै रहेर त्यहाँ हुने अधिकांस नेपाली कार्यक्रम मा उपस्तिथी जनाउने गर्दछन । गायक तथा संगीतकार स्व. राम थापाका निकट उनि राम थापाको संगीतमा केहि आधुनिक गीतहरु, लोक गीतहरु र राम थापा द्वारा सङ्गीत गरिएको भिडिओ फिल्म “घायल प्रेम “मा लोचन भट्टराई संग गाएका थिए ।
हङकङमा बसी नेपाली सङ्गीतलाई चर्चित बनाउन लागिपरेका नेपाली गायक/गायिकाको सूची लामो छ । हामीले कति नाम छुटाएका पनि हुन् सक्छौ , ‘आर्टिस्ट नेपाल डट कम’ को खोजीमा हङकङमा रहेका नेपाली कलाकर्मी हरु :-
वसन्ती पुन , शिव प्रधान, अन्तिम राई, रोशा लिम्बू, विजय श्रेष्ठ, महेश शिल्पकार, सन्तमान राई, वीरबहादुर थापा मगर, नन्द चङ्सू, नागेन्द्र श्रेष्ठ, गणेश-यशोदा पराजुली, विक्रम गुरुङ, रविन श्रेष्ठ, मनिष राय, कवि राई, रोशा लिम्बू, सन्तोष गुरुङ, टोपराज लामा, विजय श्रेष्ठ, अन्तिम राई, कमल राई, सुनिता हिराचन, विमला राई, सुशीला राई, विष्णु नन्द चाम्लिङ, मोहन गुरुङ, यशोदा पराजुली, ज्ञान सुब्बा, चेतमान गुरुङ, शितल पुन, रोहित मास्के, हरि राई, चन्द्र ज्योति आले, प्रकाश गुरुङ, शान्तमान राई, रक्षा गुरुङ, मीरा रत्न, एलबी मुखिया, सञ्जीव लामा, पियुष श्रेष्ठ, हरि श्रेष्ठ , राजु गुरुङ, यादव राई, मनोज घले, भीम पुन हुन् ।
नेपाली गीत रचना गर्नेमा टङ्क सम्बाहाम्फे, डीबी पालुङवा, अविचन्द्र इङनाम, गीता पालुङवा आदिको नाम प्रमुख छन् ।
हामी अर्को अंकमा उहाहरुको विवरण प्रस्तुत गर्ने जमर्को गर्नेछौँ ।

Tags:


Comments are closed.