२४ सुन्दरीलाई उछिन्दै, ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठलाई

यो बर्षको ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

मिस ट्यालेन्टको उपाधि प्रदीप्ता अधिकारीले पाइन् भने पपुलर च्वाइसमा रिया बस्नेत परेकी छन् । यस्तै मिस फ्यासिनो अनुष्का श्रेष्ठ भइन् । मिस कन्फिडेन्सको उपाधि निशा पाठकले र ब्युटी विथ प्रपोजको उपाधि निकिता कर्माचार्यले पाए ।

प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् ।

अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् ।

नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए ।

यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो ।

Categories:

Tags: