५५ वर्षमा लागे ‘महानायक’ राजेश हमाल

सुपरस्टार राजेश हमाल आइतवारबाट ५५ वर्षमा लागेका छन् । उनले आफ्नै मामा स्वर्गीय दीपक रायमाझी निर्देशित यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ‘युगदेखि युगसम्म’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए ।

‘हामी तीन भाइ, देउता’, ‘अल्लारे’, ‘अजम्बरी नाता’, ‘पालेदाई’, ‘आशीर्वाद’ जस्ता फिल्म उनका हिट मानिन्छन् । धेरै निर्मातालाई धनी बनाएका उनका फिल्म समिक्षकको नजरमा भने उत्कृष्ट ठहरिन खासै सकेनन् । एक समय उनी नेपाली फिल्मका निर्विकल्प अभिनेता थिए ।

नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए । सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा दुनियाँमा प्रवेश गरेका उनले एक वर्षमा औषत १०-१२ वटा फिल्ममा समेत अभिनय गरेका थिए ।

राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका उनको लभ लाइफ पनि उतिक्कै रोमान्चित छ । करिश्मा मानन्धर, निरुता सिंहलगायत धेरै नायिकाहरुसँग उनको नाम जोडिएको थियो । तर, ५० वर्षको उमेरमा वर्ष २०१४ मा उनले मधु भट्टराईसँग विवाह गरे । उनले सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये ‘देवता’ र ‘वसन्ती’ सबैभन्दा मनपर्ने फिल्म हुन् । उनलाई नेपाली फिल्मका ‘महानायक’ भनिन्छ ।

Categories:

Tags: