संगीतकार बिजु बज्रको निधन

Written by ArtistNepal News

संगीतकार बिजु बज्रको आईतबार दिउँसो निधन भएको छ । आइतवार बिहान ६ बजे हृदयघात भएपछि नयाँ वानेश्वरस्थित सिभिल हस्पिटलमा उपचार गराइरहेका संगीतकार बज्रको उपचारकै क्रममा निधन भएको हो । उनी लामो समयदेखि मुटु रोगबाट पिडित थिए । परिवारका सदस्यले उनलाई उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पताल पुर्याएका थिए ।

उनको पार्थिब शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि सोमबार प्रज्ञा भवनमा राखिने निकटका संगीतकर्मीले बताएका छन ।

४० दशकमा गुल्मीको वामीटक्सारबाट श्रीमती कोपिलासंगै गायनमा प्रवेश गरेका बिजु बज्र ५० र ६० को दशकमा अति लोकप्रिय बनेका संगीतकार हुन् । ५ वर्षअघि २ पटक उनलाई हृदयघात भईसकेको थियो ।
बज्रले संगीतबद्ध गरेका गीतहरु मध्ये स्व.फत्तेमान राजभण्डारीको झरी परिरह्यो, कर्णदासको बिस्तारै छायो, सुगम पोखरेलको तिमी मभन्दा कोसौं टाढा छौ, रेश्मा सुनुवारको मै ठूली भैछु रे, आगन्तुक खरेलको कुन रंगको कमि थियो र, प्रीति कौरको परेवाको जोडी, युवराज चौलागाईंको साँझ पख जब आदि लोकप्रिय मानिन्छन् ।

स्व.बज्रका श्रीमती, दुई छोरा तथा एक छोरी छन् ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।