अदालतको आदेशपछि बुधबार नै ‘भारत’ फिल्म रिलिज, यसबिसयालाई लिएर दीपकराज गिरीको कडा ब्यङ्ग्य प्रहार

अदालतले बुधबार नै फिल्म रिलिज गर्न दिन आदेश दिएपछि बोर्डको विदेशी फिल्म पनि नेपाली फिल्मझैं शुक्रवार नै रिलिज गर्नुपर्ने निर्णयमा ठूलो धक्का पुगेको छ । अब, विदेशी फिल्म जुनसुकै दिन नेपालमा प्रदर्शन हुन सक्नेछन् । यसले प्रदर्शनरत नेपाली फिल्मलाई ठूलो मार पर्ने देखिन्छ । ‘भारत’ बुधबार नै नेपालमा प्रदर्शनमा आउँदै तेस्रो हप्तामा प्रदर्शनरत नेपाली फिल्म ‘जात्रै जात्रा’ लाई ठूलो असर पुगेको छ ।

मल्टीप्लेक्सहरुले ‘भारत’ लाई सर्वाधिक सोज दिँदा ‘जात्रै जात्रा’ न्यून सोजमा खुम्चिएको छ । दर्शकको उपस्थिति राम्रो हुँदा-हुँदै पनि मल्टीप्लेक्सले बलिउड फिल्मका कारण सोज घटाएपछि यसका निर्माता/निर्देशक असन्तुष्ट छन् । हुनत, वर्षौदेखि वितरक र हल सञ्चालकले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्दै आइरहेका छन् । विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्म सधैं मारमा पर्ने गरेका छन् ।

‘भारत’ लाई बुधबार नै प्रदर्शन गर्न पाउनु पर्ने भन्दै वितरक अदालतको शरणमा पुगेपछि फिल्मकर्मीहरु अचम्मित भएका छन् । नेपाली फिल्मलाई सहज रुपमा प्रदर्शनका लागि यति चासो र चिन्ता नलिने वितरकको विदेशी फिल्मप्रति यतिविध्न प्रेम किन ? जवाफ उनीहरुसँगै होला । विदेशी फिल्म नेपालमा प्रदर्शनका लागि वितरकले गर्ने दौडधुप नेपाली फिल्म विदेश प्रदर्शनका लागि गरे कति राम्रो हुने थियो । तर, यहाँ वितरकलाई पैसा कमाउनु छ । नेपाली फिल्मको के चिन्ता !

के वितरकहरुमा इमान्दारिता तथा नैतिकता मरिसकेको हो ? फिल्मकर्मीहरु फिल्म क्षेत्र वितरकको चंगोलमा फस्दै गएकोमा चिन्तित हुन थालेका छन् । तर, आवाज कसैले उठाउन सकेका छैनन् । सामाजिक सञ्जालमा रोइलो गर्नुबाहेक ।

हास्यकलाकार दीपकराज गिरी पनि सामाजिक सञ्जालमार्फत् विभिन्न विषयमा ब्यङ्ग्य गरिरहेका हुन्छन् । ‘भारत’ बुधबार नै नेपालमा प्रदर्शन गर्नका लागि वितरक अदालतसम्म पुगेको देखेर उनीले फेसबुकमा स्टाटस लेखेर ‘भारत’ नेपाल प्रदर्शन गर्न पाउँदा गर्ववान्वित भएका वितरक र दशैं आएको सम्झिएका हल सञ्चालकप्रति कडा ब्यङ्ग्य गरेका छन् ।उनले लेखेका छन्, 

 

Categories:

Tags: