फिल्म ‘छ माया छपक्कै’ को फस्टलुक पोस्टर सार्वजनिक

Written by ArtistNepal News

प्रतिष्ठित ब्यानर आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । ‘छक्का पञ्जा’ को फ्लेवर दिने पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड छन् । पोस्टरले नै फिल्म कमेडी प्रधान रहेको प्रस्ट्याउँछ ।

४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मको प्रदर्शन मिति भने पोस्टरमा राखिएको छैन । फिल्मको रिलिज टार्गेट दशैं भए पनि अहिलेसम्म निर्माण टिमले आधिकारिक रुपमा मिति तोक्न सकेको छैन । भाद्र २७ र असोज १७ गतेमध्ये यो फिल्म कुनै एक मितिमा आउन सक्ने सम्भावना छ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।