रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी

आर्टिस्टसंसार
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।

प्रजातन्त्र सेनानी समेत रहेकी उनको बिहीबार राति ८४ वर्षको उमेरमा निधन भएको परिवार श्रोतले बताएका छन् ।

१९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा जन्मनुभएकी रानुदेवी सानैदेखि शास्त्रीय गायनमा समर्पित थिईन। उनले १६ वर्षको उमेरमा बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट पहिलो पटक नेपाली नेपाली …अघि बढौं हातमा क्रान्ति झण्डा लिई गित गाएर गायनमा प्रवेश गरेकी थिइन्।

रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

Tags: