गितकार बिमला हुमागाईंको नयाँ तिहार गित – फूलको माला लगाऊँला सार्बजनिक

Written by ArtistNepal News

साहित्य र संगीतलाई एकै साथ् अगाडि बढाएकि गीतकार बिमला हुमागाईंको तिहार गित ‘फूलको माला लगाऊँला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गित मार्फत उनि गायिकाको रुपमा पनि प्रस्तुत भएकी छिन। दाजु बहिनीको प्रेमलाई मनछुने ढङ्गबाट उतारेकी बिमलाले भिडियोमा पनि पारिवारिक प्रेमलाई निक्कै कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतलाई दर्शक श्रोताले मन पराउनेमा उनि आशाबादी रहेको बताईन।

गीतमा बिमला हुमागाईं र अनिश योञ्जनले आवाज दिएका छन् भने संगीत अनिश योञ्जनकै रहेको छ । गीतको म्यूजिक भिडियोमा संचारकर्मी कथा मोडल रोजी गिरि र रोशन गिरिलाई देख्न सकिन्छ ।
भिडियोलाई चक्रवर्ती हाबी एजुकेसन एकेडेमीको निर्माणमा आर्टिस्टनेपाल स्टुडियोले तयार गरेको हो।

गीतको भिडियो बोध नोलेज ईन्तरटेन्मेण्टको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।