काठमाडौं । पछिल्लो समय अभिनेता भुवन केसीपुत्र अनमोल केसीको ‘सेड्युल’ नै फिल्म साइन गर्ने अनि छोड्ने । गृह ब्यानरको तीन फिल्मसमेत उनको सूचीबाट हटेका छन् ।
तत्काल छायांकन रोकिएको गृह ब्यानरकै ‘पारस’ सुरुमा माधव वाग्लेले निर्देशन गर्ने भन्दै अनमोललाई अनुबन्धित गरियो । तर, विवाद बढेर भुवन आफैंले निर्माण गर्ने भएपछि माधवले पारिश्रमिक लिएर ‘पारस’ छाडे । साउनबाट छायांकन गर्ने भनिएको ‘पारस’ अहिले ‘पेन्डिङ’मा छ ।
अनमोल यतिबेला मुकुन्द भट्टसँग ‘एक्स ९’मा काम गर्ने तरखरमा छन् । यो फिल्ममा जोडिएसंगै गृह व्यानरका तीन फिल्म अन्योलमा छन् । फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, प्रियंका थापा र राज कटुवाल मुख्य भूमिका रहने निर्देशक भट्टले जनाएका छन् ।
अनमोलले यो फिल्मका लागि ७५ लाख पारिश्रमिक लिने सहमति निर्माण पक्षसँग गरेको बुझिन्छ । निर्माण पक्षसँग ‘कागजी सम्झौता’ सकेर छायांकनमा जोडिने अनमोल बताउ“छन् ।
अनमोल हरेक वर्ष तीनदेखि चार फिल्ममा अनुबन्धित हुन्छन् । तर, तीमध्ये मुस्किलले एउटा सम्पन्न हुन्छ । यो प्रक्रिया पछिल्लो समय झनै बढेको छ । दुई वर्षमा आधा दर्जन फिल्ममा अनुबन्धित उनले तीमध्ये दुई फिल्म मात्र भ्याए ।
गत वर्ष ‘बन्टी ब्याचलर’मा अनुबन्धित अनमोलले त्यसको छायांकन सुरु नहुँदै छाडे । कथामा अनावश्यक हस्तक्षेप गरेको निर्माण पक्षको आरोप थियो । निर्देशन मिलन चम्स अनमोलले आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको भन्दै सम्झौता भंग गरेको बताउ“छन् । जसको असर फिल्ममा प¥यो ।
अनमोलले अभिनय गर्ने भनिएको ‘माइतीघर–२’को भविष्य पनि अन्यालमै छ । यलाई गत फागुनबाट निर्माण सुरु गरिने भनिएको थियो । तर, तीन महिनाअघि निर्देशकको निधन भएपछि अन्योल बढेको छ ।
भुवनले आफू र अनमोलको मुख्य भूमिकामा नयाँ फिल्म ‘एन्टी हिरो’ निर्माण घोषणा गरे । फिल्म गत मंसिरबाट छायांकन गरिने भनियो । त्यही समय अनमोललाई माधव वाग्लेले ‘पारस’मा अनुबन्धित गरे । त्यसपछि ‘एन्टी हिरो’मा तत्काल नगर्ने निष्कर्षमा अनमोल पुगे । जसका कारण गृह ब्यानरकै फिल्म निर्माण हुन सकेन ।
यीबाहेक विभिन्न फिल्ममा बेलाबेला जोडिएर अनमोलले छाडेका धेरै घटना छन् । गत वर्ष मात्र उनी एक भारतीय निर्देशकको फिल्ममा अनुबन्धित भए । अनमोलले समय नदिएपछि त्यो फिल्म पनि निर्माण हुन सकेन ।
यी अभिनेता धेरै फिल्ममा अनुबन्धित हुने तर कम फिल्ममा अभिनय गर्ने कलाकारका रूपमा परिचित हुँदै छन् । निर्माताले उनीबाट झन्झट खेप्नुपर्नेक्रम बढेको छ ।
७ वर्षअघि ‘होस्टेल’बाट डेब्यु गरेका अनमोलले त्यसपछि ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, ‘ए मेरो हजुर ३’, ‘कृ’, ‘क्याप्टेन’जस्ता फिल्म गरे । अब ‘ए मेरो हजुर ४’ रिलिज हुदै छ ।