न्यूयोर्कमा दशैं-तिहार विविध साँस्कृतिक कार्यक्रमको आयोजना हुँदै

Written by ArtistNepal News

यस कार्यक्रममा झन्डै २ दर्जन नेपाली कलाकारहरुको बिभिन्न प्रस्तुती रहनेछ।

न्यूयोर्क। नेपालीहरुको महान चाड बिजया दशमी नजिकिंदै छ। विदेशमा रहनुभएका नेपालीहरुलाई चाडबाडको रौनकता दिन “दशैं-तिहार विविध साँस्कृतिक साँझ-२०२४” को आयोजना हुने भएको छ। अमेरिकामा बसोबास गर्दै आएका बिभिन्न विधाका कलाकारहरुको सामुहिक जमघट तथा प्रस्तुती रहने यस कार्यक्रम आगामी शनिबार अर्थात यहीं सेप्टेम्वर २८ तारिखका दिन न्यूयोर्क उडसाईड स्थित ‘धर्मा हाउस‘मा कार्यक्रम हुने भएको हो।

‘हिमालयन साँस्कृतिक प्रतिष्ठान’को आयोजनामा हुन लागेको सो साँगितिक साँझमा न्यूयोर्कलाई आफ्नो कर्मथलो बनाएका नेपाली चर्चित गायक गायिका र संगीतकारहरूको लाईभ ब्याण्ड प्रस्तुति रहनेछ। कार्यक्रममा चर्चित कलाकारहरु सपना श्री, जगदिश समाल, संगीता मुखिया, सानु शेर्पा, बिमल डाँगी , निशा सुनार, राजेन्द्र राई , हजुरी शाह, अभय ढुंगेल , सलिना श्रेष्ठ लगायतका कलाकारको सांगीतिक प्रस्तुती रहनेछ भने नृत्य निर्देशक तथा कोरियोग्राफर शिव बिक तथा उषा लामा, रिचा तामांग, जस्मिन शेर्पाले नृत्य प्रस्तुत गर्दैछन। कार्यक्रमलाई सांगीतिक जादुमय बनाउन बाधबादकहरु किबोर्डमा डेभिड सौरभी ढकाल, गितारमा शिशिर श्रेष्ठ, बेस गितारमा हेम राज राई, तबला/ढोलक/मादलमा न्हुच्छे डंगोल र हार्मोनियममा सुबाश दाहाल रहनेछन।

कार्यक्रममा सहभागिता जनाउन अनलाईन मार्फत पनि टिकट काट्न सकिने छ। यसको लागि तल दिएको लिङ्क मार्फत सिधा टिकट लिई सहभागिता जनाउन सकिनेछ।
https://events.artistnepal.com/event/dashain-tihar-cultural-event-by-himalaya-cultural-academy-newyork-usa/

हिमालयन साँस्कृतिक प्रतिष्ठान‘ले स्थापनाकाल सन् २०२१ देखिनै नेपाली कला संस्कृती प्रबर्दन तथा संरक्षण र अग्रजलाई सम्मानार्थ बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। कोभिड महामारीमा न्यूयोर्कमा मास्क र स्यानिटाईजर वितरण देखि लिएर संगितका धरोहरहरू सम्झनामा नारायण गोपाल सांगितिक साँझ, स्व. भजनशिरोमणि भक्तराज आचार्य र संगीतकार स्व. नोर्वु छिरिंग स्मृति सभा, लगायत बिभिन्न नेपाली सुमधुर संगीतका स्रष्टाहरूलाई सम्झिने परम्पराको पनि थालनी गरेकोछ।

यस कार्यक्रममा संगीतप्रेमी न्युयोर्कबासी नेपालीहरुको उल्लेखनिय सहभागिता हुने अपेक्षा गरिएको छ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।