रामशरण दर्नालको निधन

Written by ArtistNepal News

अनुसन्धानविद प्राज्ञ तथा संगीतकार रामशरण दर्नालको ७४ वर्षको उमेरमा असोज १ गते साझ ६ बजे निधन भएको छ [+]

नेपाली लोक बाजालगायत कला तथा लोकसंस्कृतिको अध्ययन तथा अनुसन्धानमा निकै लामो समयदेखि क्रियाशील अनुसन्धानविद प्राज्ञ तथा संगीतकार रामशरण दर्नालको ७४ वर्षको उमेरमा असोज १ गते साझ ६ बजे पार्किन्सन रोगबाट निधन भएको छ ।

लामो समयदेखि आफैले गरेको काम थाहा नपाउने रोग ‘प्रकिम्सन’बाट पीडित ७४ वर्षका श्री दर्नालको काठमाडौंको कालधारास्थित आफ्नै घरको ट्वाइलेटमा लडेपछि १० दिन अगाडि स्रोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा बेहोस अवस्थामा भर्ना गरिएको थियो । दुर्घटनाबाट घाटीको नशा च्यापिएको कुरा अस्पताल श्रोतले बताएको थियो । दिन–प्रतिदिन स्वास्थ्यअवस्था गम्भीर बन्दै आज ६:१५ बजे उहाँको निधन भएको थियो । श्री दर्नालका ३ छोरा र १ छोरी हुनुहुन्छ ।

नेपाली लोक संगितको क्षेत्रमा लगभग एक दर्जन भन्दा बढी पुस्तक प्रकाशन गरिसक्नु भएका दर्नालको निधनले नेपाली लोग संगित को क्षेत्र मा अपुरणिय क्षति पुगेको छ । प्राज्ञ श्री रामशरण दर्नालले दलित समुदायको कला, संस्कृतिलगायतका नयाँ विषय उत्खननका लागि जीवनभर लाग्नुभएको थियो । लोकबाजा लगायतका कला तथा लोकसंस्कृति सम्बन्धी थुप्रै पुस्तकका लेखक दर्नालको निधनले नेपाली दलित आन्दोलनलगायत सामाजिक–सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

२०६६ सालको जगदम्वा श्री तथा मदन पुरस्कार समेत पाउन सफल दर्नालको आईतबार राति नै हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो ।

यस दुखदघडीमा आर्टिस्ट नेपाल डट कम स्वर्गीय रामशरण दर्नाल प्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ

रामशरण दर्नाल
जन्म – वि.सं.१९९४, असार, शुक्ल तृतीया, कालधारा, काठमाडौं -१७,
सेवा – ने.प्र.प्र. / बिधाः जीवनी /लेख,अन्य …………

मौलिक कृति –
१) नेपाली संगीत साधक-जीवनी. संग्रह -२०३८ -२) विश्व प्रसिद्ध संगीतकार -जीवन संग्रह -२०४१
३) प्रज्ञा पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरु -जीवन संग्रह – २०३९ -४) संगीत परिक्रमा – लेख संग्रह – २०३८
५) संगीतको विस्तृत अवलोकन – लेख संग्रह -२०४१

सम्पादित, अनूदित र फुटकर कृति –
१)विभिन्न पत्र -पत्रिकाहरुमा लेख , निबन्ध , जीवनी प्रकाशित

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।