टिप्पणी | सेक्स बम बन्दै नायिका | धर्मेन्द्र दाहाल

आर्टिस्ट नेपाल । दश बर्ष अगाडी सेक्स स्क्यान्डलको कारण आत्महत्या गरेकी नायिका श्रृषा कार्कीको नियती दोहो¥याउदै केहि दिन अघि मात्र अर्की नायिका जेसिका खड्काले आत्महत्या गरिन । सात बर्ष अगाडी गायक प्रकाश ओझासँगको सेक्स भिडीयो सार्वजनिक भएपछि विवादमा मुछिएकी नायिका खड्का पनि आखिरीमा आत्महत्याको बाटो रोज्न बाध्य भइन् । विवादीत भिडीयोको चर्चा सेलाएर फेरी पनि नेपाली रजतपटमा नायिकाको हैसियत निर्माण गरेकी खड्काको आत्महत्या रहस्यको गर्भमै छ । तर पनि यसले नेपाली नायिकाहरु सेक्स बम बन्दै गएको र यो कुनै पनि बेला विस्फोट हुने खतरा बढ्दै गएको संकेत मिलेको छ ।

चलचित्र लुटको अत्याधिक सफलताबाट अत्तालिएका निर्माताहरुले अब सेक्स बिना चलचित्र असम्भव रहेको निश्कर्ष मात्र निकालेनन्, चपली हाईटले पनि पैसा बटुलेपछि सेक्स बाहेक कुनै पनि विषय नै नभएको निश्कर्ष निकाल्दै चलचित्र निर्माणमा हाम्फाले । परिणामस्वरुप अहिले सेक्स मनोविज्ञानमा आधारीत भन्दै ब्लु फिल्मलाई विर्षाउने नेपाली चलचित्र निर्माणको बाढी आएको छ । यस्ताखाले चलचित्रबाट फेरी अनगिन्ती नायिकाहरु सेक्स बम बनेर निस्कन सक्ने संम्भावना बढेको छ । साँच्चै अहिलेको यो बाँधलाई बाँध लगाएर रोक्न सकिएन भने अबको केहि समयमा नै अरु बमहरु फुटन सक्ने प्रसस्त आधारहरु निर्माण हुन सक्दछ ।

सामान्यतया सेक्स बमबाट बच्न सबैभन्दा महत्वपूर्ण भुमिका नायिकाहरुकै नै हुने गर्दछ । तर जवानीको रंङगमा अन्धा बन्ने गरेका हाम्रा नायिकाहरु कथाले मागेको भन्दै आफ्ना अतिगोप्य अंगहरुको प्रर्दशन मात्र गर्दैनन्, बिना हिच्कीचावट कथाका नायकलाई खेल्न समेत निर्धक्क अनुमती दिन्छन् । यसको फाइदा अझ निर्माता बनेका कथाका नायकहरुले उठाउने गरेका छन् । कथाले मागेकोमा आपत्ति नजाउने नायिकाहरु त्यतिबेला आतिन्छन जतिबेला उनीहरुले अभिनय गरेको त्यो भिडीयोले सहर तताउछ र सामजिक सञ्जालहरुमा ती नायिकाहरुले कल गर्लको उपमा पाउन थाल्छन । अनि सुरु हुन्छ नायिका सेक्स बम बन्ने प्रक्रिया ।

केहि समय अगाडी चलचित्र एटिएमको ब्यावसायिक प्रोमो सार्वजनिक भयो । प्रोमो हेरेका कुनैपनि नेपाली दर्शकले त्यस्ताखाले शब्द ब्लू फिल्ममा समेत प्रयोग नगरीएको अडकल लगाए । अभिनयमा कुनै पनि जोड नगरी अश्लिल शब्द बोल्दैमा सफल हन्छ भन्दै नायिका सविना कार्की, जिया केसी तथा सोनिया शर्माले बोलेका संवाद तथा उनीहरुले गरेको अभिनय कुनै पनि डबल एक्स अर्थात निला चलचित्रभन्दा कम छैनन । एटिमको प्रोमो भरी छाडा शब्द, अश्लिल लाग्ने दृष्यभन्दा अरु केहि छैन् । लाग्छ यो कुनै नेपाली फिल्मको सुत्रमा आधारीत रहेर निर्माण गरिएको नेपाली चलचित्र होइन । यो त आफ्नो यौन तृष्णा मेट्न चलचित्रमार्फत माध्यम खडा गरिएको हो, जसलाई सरकारले पनि स्विकृति प्रदान गर्दछ । एटिएमको प्रोमो आउनु भन्दा केहि दिन अघि मात्र रिलिज भएको द लास्ट किस चलचित्रले पनि सेक्सलाई बेच्ने मात्र काम ग¥यो । कुनै कथा बिना निर्माण भएको चलचित्रले नायक र नायिकाको ओठ टोक्ने कला बाहेक अरुकेहि पनि सिकाउन सफल भएन । एटिएम र लास्ट किसको चर्चा सेलाउन नपाउदै अर्की नायिका सुस्मा कार्की अझ प्रतिस्पर्धामा खरो उत्रने संभावना उनको आउन लागेको चलचित्र विन्दासको एउटा पोस्टरले उजागर गर्दछ । उध्रेको चोली गितमा केहि कामुक नित्य गरेर चर्चा कमाएकी सुष्मालाई चोलो पुरा फटाउन मन लागेको उनको विन्दासको पोष्टरबाट प्रष्ठ हुन्छ ।

यसरी नायिकालाई सेक्सटोय को रुपमा प्रयोग गर्दै गर्दा उनीहरुको भविष्य अति दुखद हुने गरेको र सेक्स बमको रुपमा विकसीत हुने संभावना बढेको छ । यो संभावनालाई फिल्मकर्मीले समयमा नै नसोचे अझ ठुला दुर्घटना हुने अड्कल लगाउन सकिन्छ । जवानीको रङ देखाउन्जेल अरुको प्रयोग सामग्री बन्ने र योवनको रस सकिएपछि बम बनेर पटकने खतरा थाहा हुदाहुदै पनि हाम्रा नायिकाहरु प्रतिस्पर्धामा खरो उत्रने गरेका छन् । सुस्मा, सविना, जिया, विनिताहरुलाई एउटा कुरा अवश्य पनि थाहा हुन जरुरी छ । फुलमा जवसम्म भमरा भुनभुनाउछ, तबसम्म त्यस फुलले भमराको इच्छा पुरा गर्दै भरपुर रस प्रदान गर्न सक्छ । रस सकिएपछि का भमर फुलको छेउसम्म पर्दैन् । नव आगन्तुक नायिकाहरुले अर्को महत्वपूर्ण कुरालाई पनि सम्झनु पर्दछ, बलिउडका हस्ती माधुरी दिक्षीत, रानी, ऐश्वर्या राय र नव आगन्तुक दिपिका, सोनाक्षीहरु सेक्स तथा जवानीको कारण चर्चामा आएका हैनन् । उनीहरु आफ्नो अभिनय कौशलताको कारण चर्चामा आएका हुन र उनीहरु सम्मानित पनि छन् । सेक्स र जिवन उनीहरुले आफ्नो इच्छा अनुसार मात्र प्रयोग गर्दछन, ताकी जवानीको कारण जीवनमा समस्या सृजना नहोस ।

फोहोर बोल्दैमा, लुगा खोल्दैमा, ओठ टोक्दैमा चर्चीत त भइन्छ होला तर बाँकी जीवन सामाजीक अबहेलनाको सिकार हुन्छ र निरासापनले डेरा जमाउदै जाँदा कार्की र खड्काको जस्तै सेक्स बम बन्ने संम्भावनालाई नर्कान सकिदैन् ।

Tags:


Comments are closed.