गीतार माइस्ट्रोको अडिसन शुरू

नेपाल तथा भारतमा रहेका नेपाली गीतारिस्टको गीतारप्रतिको मोहलाई बाहिर उजागर गर्दै उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको गिटार माइस्ट्रो २ को अडिसन शुरू भएको छ। गत जुलाई २७ देखि शुरू भएको अडिसनमा काठमाडौंबाट प्रथम चरणमा ५३ जना छनोट भएका छन्।

आयोजक संस्थाका निर्माता तथा निर्देशक विनोद ओझाका अनुसार दोस्रो चरणमा पुनः अगस्ट ३१ मा काठमाडौंमा अडिसन हुँदै छ।

‘स्वदेशका विभिन्न स्थानमा अडिसन गरी सय प्रतिस्पर्धीको छनोट हुनेछ,’ ‘ती सयमध्ये पनि प्रिजजमेन्ट राउन्डबाट ५० जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुनेछन्।’ अन्तिम ५० मा परेका प्रतिस्पर्धीले ब्लुज, रक, मेटल, क्लासिकल, मोडनसहित सात राउन्डमा थप प्रतिस्पर्धा गर्नुपर्नेछ।

आयोजकका अनुसार आगामी अगस्ट १८ मा पोखरा, अगस्ट २५ मा धरान र अगस्ट ३१ मा दार्जीलिङमा अडिसन हुनेछ। प्रतियोगिताका लागि बैजु राई, गौरव शर्मा र ज्योति घिमिरेले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्। प्रतियोगितामा उत्कृष्ट हुनेले १ लाख नगद पुरस्कारसहित एउटा गीतार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजारसहित एक गीतार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल नोभेम्बरमा हुनेछ।

Categories:

Tags:


Comments are closed.