आर्टिस्ट नेपाल
नेपाली सांगीतिक क्षेत्रमा अथक मेहनत , संघर्ष र तपस्याका बावजुत पनि धेरै गायक गायिकाहरु गुमनाम भएर बस्नु परेको छ । भने केहि मिडिया तथा भाग्यको साथ नपाउदा पनि गुमनाम जस्तै भएर बसेका छन् । कत्तिले त जीवन धान्नकै लागी पेशा परिवर्तन गरेका छन् ।
सांगीतिक क्षेत्रमा लगभग एक दशक देखि संघर्षरत यस्तै एक गायक पाँचबर्षको अन्तराल पछी फेरी सांगीतिक क्षेत्रमा जोस र जाँगरका साथ उदाएका छन् । यसो भन्दैमा उनले यस बीचमा संगीत र साधनालाई भने छाडेका थिएनन् ।
गीत संगीतकै लागी राजधानी छिरेका गायक नविन गुरुङ लगभग पाँचबर्ष अघि “पर्खाइमा” नामक एल्बम लिएर झुल्कदा उनलाई सबै फूलमा सुबास हुन्न रैछ…. लालुमै… ले केहि चिनारी भने दिएको थियो । तर सांगीतिक क्षेत्रमा नयाँ भएकोले त्यसबेला नयाँपनको चपेटामा उनि परेको थियो । उनि आफैं भन्छन्-नयाँ भएकोले पनि राम्रो गीत भएर पनि म आफैंमा मात्र सिमित भए ।
छ वटा गीत समावेश उनको पर्खाइमा एल्बमका गीतहरु अहिले पनि उत्तिकै दमदार लाग्छन् । लोक शैलीका गीत बढी रुचाउने उनले यसपाली पनि एक एल्बमको तैयारी गर्दैछन् भने भर्खरै मात्र पहिलो गीत सलल पानीको म्युजिक भिडियो सार्वजानिक गरेका छन् ।
“यसपाली पनि लोक शैली कै गीतहरु लिएर आउदै छु” उनले भने म यसपाली पुर्खाको सम्मान र संस्कृतिको जगेर्ना गर्ने खाले गीतहरुलाई नयाँ शैलीमा लिएर आउदै छु । आफ्नो एल्बम पुर्खा राख्नुको कारण प्रष्ट्याउदै उनले भने पुर्खाको संस्कृति झल्काउने खाले गीतहरु यसपालीको एल्बममा समेटेको छु अनि संकृति र संस्कार प्रति पनि मेरो सम्मान हो ।
आफ्नै शब्द, संगीत र स्वरमा रहेको सलल पानी.. गाउँ घर तिर गाइने झ्याउरे भाकामा आधारित गीत हो –उनले भने । उनि आफुलाई आत्मीय दाइ तथा साथि जस्तै लाग्ने श्रीधर पौडेलले उनको यस गीतको म्युजिक भिडियोलाई निर्देशन तथा छायांकन गरेका छन् । भने एस्पिएन एडले यस म्युजिक भिडियोको सम्पादन तथा निर्माण गरेको छ ।
किरण लाकोल , पुर्णिमा गुरुङ , सुजन गुरुङ तथा उनि आफैले समेत अभिनय गरेका छन् । काठमाडौँको पैयुटारमा छायांकन गरिएको यस म्युजिक भिडियो एकदमै उत्कृष्ट बनेको जानकारहरु बताउछन् ।
एकदमै मेहनती तथा राम्रा प्रतिभावान ब्यक्ति तथा राम्रा गीत संगीत समेटिएकोले पनि उहाँको एल्बमलाई एसियन म्युजिकले ब्यबस्थापन तथा प्रबर्दन गरिरहेको एसियन म्युजिकका संचालक इश्वर गुरुङले बताएका छन् ।
एल्बमका लागी अरु गीतहरु रेकर्डिङ्कै क्रममा रहेका उनले सांगीतिक बजारलाई मध्यनजर गर्दै बिस्तारै एक एक वटा गीत गर्दै सार्वजानिक गरिने बताएका छन् ।