जाडोलाई तताउन हट फेसन शो

देशको पछिल्लो अवस्थाका कारण कुनै पनि ईभेन्ट हुन नसकिरहेको बेला गत मंसिर १२ गते शुक्रबार राजधानीको मल्ल होटेलमा ‘फ्रेजेन एन्जल्स’ नामक एक बिशेष फेसन शोको आयोजना भएको छ । शो मा मोडलहरुले तेन्जिङ टेस्टिन भुटिया , शंकर महर्जन, भेल्भेट बुटिक, स्टेप इन फेसन, मिन्क पार्टी वेरमा मिंकु गुरुङ लगायत डिजाईनरहरुको बिशेष पहिरन लगाएर र्‍यापमा उत्रिएका थिए ।
मोनार्च ईभेन्ट तथा सुमी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यस् फेशन शो मा डिजाईनरहरुको उत्कृष्ट डिजाईन र बिशेष स्टेज डेकुरेसनले धेरैलाई आकर्शित गरेको थियो । कार्यक्रम संचालनमा प्रिया रानी लामा र कुर्ट सल्वोटोरेको प्रस्तुतीले झन रौनक थपिएको थियो ।
एक दर्जनभन्दा बढि मोडलहरुले क्याटवाक गरेको शो मा अनुपमा अौरा गुरुङ, माला लिम्बु र मरिशा पोखरेलले शोस्टपरको रुपमा क्याटवाक गरेका थिए । शोलाई बर्षा थकाली र प्रिया रानी लिम्बुले कोरियोग्राफी गरेका थिए । शो पछी डिजे प्रजिव र नोर्चेनले उपस्थित दर्शकहरुलाई नचाएका थिए ।

CLICK HERE FOR PHOTOS

Tags:


Comments are closed.