तारा लक्सम लिम्बु र मनु लिम्बुको ‘तिम्रो मुस्कान’ भिडियो रिलिज

बागमती डेब्यु नायिका श्रेया कार्की आजभोली म्युजिक भिडियोहरुमा छाउन थालेकी छिन् । नेपाली गीत संगीतमा आफ्नो आवाजले मोहित पार्न सफल गायक तारा लक्सम लिम्बु र मनु लिम्बु को सुमधुर स्वरमा रहेको आधुनिक गीत ‘तिम्रो मुस्कान’को भिडियोमा उनी छाएकी हुन ।
भिडियोमा बेनिश र श्रेया कार्की को जोडदार प्रस्तुती देख्न सकिन्छ । गायककै रुपमा ख्याती पाएका कमल खत्रीले यस् गीतमा शब्द तथा संगीत दिएका छन । यस गीतको म्युजिक भिडियोलाई शैलेन्द्र खोखालीले निर्देशन गरेका हुन् । गोदाबारी र त्यस आसपासमा छायांकन गरिएको यस म्युजिक भिडियोमा रोमान्स एवं सेन्टिमेन्टलाई चित्रण गरिएको छ । निर्देशक शैलेन्द्रकै सम्पादन रहेको यस म्युजिक भिडियोको छायांकन पनि शैलेन्द्रले नै गरेका हुन् । निर्देशन, छायांकन र सम्पादन एकै जनाले गरेकाले पनि होला, गीतको भावअनुसार भिडियो पनि स्तरिय बनेको छ ।
भिडियो हेर्नुहोस् !


Comments are closed.