बिएस्सी सम्मको अध्ययन गरेकी प्राप्ति पोखरेल २२ वर्षअघि पूर्वको सुन्दर सहर इटहरीमा जन्मिएकी हुन । कक्षा ८ देखि काठमाडौंमै अध्ययनरत प्राप्ति विज्ञान विषयकी छात्रा भए पनि प्राप्ति ग्ल्यामरको क्षेत्रमा करियर बनाउन इच्छुक छिन् ।
गायक रोशन भलुवाको ‘गहभरि आँसु…’ गीतको म्युजिक भिडियोमा अभिनय गरेर मोडेलिङमा पाईला चालेकी प्राप्ति अब भने चलचित्रमा करियर प्रारम्भ गर्न चाहन्छिन् ।
५ फिट ४ इन्च अग्ली प्राप्ति विद्यालयमा छँदै नृत्य तथा अभिनयमा अग्रसर थिइन् । विद्यालयका अधिकांश सांस्कृतिक कार्यक्रममा प्राप्तिको प्रस्तुति अनिवार्य नै हुन्थ्यो । नायिका बन्ने सानैदेखिको सपना भएको बताउने प्राप्ति फुर्सदमा नजिकका साथीहरू जम्मा पारेर सुख–दु:खका कुरा सेयर गर्न मन पराउँछिन् । प्रेम तथा रोमान्सबाट टाढै बस्न चाहने प्राप्तिलाई साडी सबैभन्दा मन पर्ने पहिरन हो । आर्टिस्ट नेपालको स्टुडियोमा फोटोसुट गर्ने क्रममा प्राप्तिले खुलेरनै प्रस्तुत भईन ।