क कस्को हातमा पर्ला नवौं डि सिने अवार्ड

Written by ArtistNepal News

सिने अवार्ड’ को सम्पूर्ण तयारी आयोजक सँस्था छायाँछवि क्रिएसनले सकिईसकेको छ

आर्टिस्टसंसार, काठमाडौं ।
बिगत ९ बर्ष देखी निरन्तर आयोजना हुँदै आएको ‘डि सिने अवार्ड’ को सम्पूर्ण तयारी आयोजक सँस्था छायाँछवि क्रिएसनले सकिईसकेको छ । भोली अर्थात असार २२ गते हेटौंडामा आयोजना हुने यस् अवार्डमा ‘उत्कृष्ट अभिनेता’ विधामा दयाहाङ राई, विपिन कार्की, माओत्से गुरुङ, निखिल उप्रेती र सौगात मल्लबीच लडभिड हुने भएको छ। उनीहरू क्रमशः ‘वीरविक्रम’ ‘जात्रा’, ‘पुरानो डुंगा’, ‘निर्भय’ र ‘लुकामारी’ बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका हुन्।
त्यस्तै ‘उत्कृष्ट अभिनेत्री’ विधामा फिल्म ‘छक्का पञ्जा’ बाट प्रियंका कार्की, ‘पुरानो डुंगा’ बाट मेनुका प्रधान, ‘झुम्की’ बाट रिश्मा गुरुङ, ‘तीन घुम्ती’ बाट गरिमा पन्त र ‘किस्मत २’ बाट शिल्पा पोखरेल अवार्डका लागि प्रतिस्पर्धी छन्। अवार्डमा ‘उत्कृष्ट फिल्म’ का लागि ‘छक्का पञ्जा’, ‘जात्रा’, ‘गाजलु’, ‘लुट २’ र ‘पुरानो डुंगा’ भिड्दैछन्। निर्देशन विधामा ‘गाजलु’ बाट हेमराज बिसी, ‘लुट २’ बाट निश्चल बस्नेत, ‘पुरानो डुंगा’ बाट रामबाबु गुरुङ, ‘वीर विक्रम’ बाट मिलन चाम्स र ‘निर्भय’ बाट मधुसुदन भट्टराईबीच अवार्डका लागि तँछाडमछाड हुँदैछ।

अवार्डमा २०७३ सालमा प्रदर्शनमा आएका ८६ फिल्ममध्ये ५५ फिल्मले अवार्डका लागि आवेदन दिएका थिए। २९ विधाको अवार्डमा २० विधामा ‘छक्कापञ्जा’, १३ विधामा ‘गाजलु’, ११ विधामा ‘लुट–२’ परेका छन्। अवार्डमा विश्वमै विरलै राखिने केमियो विधाको अवार्ड ‘डि सिने अवार्ड’ मा थपिएको छ। जसमा एक गीतमा मात्र देखिएका निर्देशक निश्चल बस्नेतलाई फिल्म ‘लुट २’ र ‘लप्पन छप्पन’ बाट मनोनयनमा पारिएको छ। आयोजकका अनुसार अवार्डमा एक सयभन्दा बढी कलाकारको सहभागिता रहनेछ। अवार्डको जुरीमा लेखक तथा निर्देशक मोहन निरौला, सञ्चारकर्मी विजयरत्न तुलाधार, डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ र शबनम मुखिया छन्।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।