मृगौला पीडितको उपचारका लागि गाईजात्रा महोत्सव सम्पन्न

आफ्नो कलेजो दिएर आफ्ना बुवाको ज्यान बचाउने फेसन डिजाईनर सरिता महर्जनकी आमाको दुबै मृगौलाले काम गर्न छाडेको धेरै भैसकेको छ । बुवालाई कलेजो दिएर पूण्यको काम गरेकी सरिताले आमाको उपचारका लागि समेत सक्दो पहल गरिरहेकी छिन् । यसैबीच सरिताको हौसला तथा उनकी आमाको उपचारका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले कमलादीस्थित प्रज्ञा भवनमा तिते जिरे ब्रेकफेल गाईजात्रा महोत्सवको शुक्रवारको कार्यक्रमलाई विशेष बनाइएको थियो ।
संगीतकर्मी विनोद सिंहको राईज म्युजिक तथा अलाइभ ग्लाइडरको रिचार्जरले आज शुक्रवारको गाईजात्राको प्रस्तुतीलाईनै प्रायोजन गर्दै संकलित सम्पूर्ण रकम सरिताकी आमाको उपचारमा सहयोग गरिएको थियो । कार्यक्रम निर्देशक श्रीराम महत, ईभेन्ट म्यानेजर अनिल श्रेष्ठको पहलमा सम्भभ भएको थियो ।
दीपकराज गिरी, मनोज गजुरेल, किरण केसी, राजाराम पौडेल, दमन रुपाखेती, कविता शर्मा, सविता गुरुङ, निरज नेपाल, शिवहरी बैरागीसहितका लोकप्रिय कलाकारहरुको हास्यव्यंग्यले भरिपूर्ण गाईजात्रा महोत्सवमा सरिता महर्जनकी आमाको उपचारका लागि थप आर्थिक सहयोग प्रदान गरिएको राइज म्युजिकका बिनोद सिंहले जनाएका छन् ।

Sarita-Maharjan-768x576

Categories:

Tags:


Comments are closed.