नेपाली संगीतमा हेमन्त नाम गरेका दुई गायकहरु छन । दुई हेमन्त मध्ये एक हुन – हेमन्त शर्मा र अर्का हुन – हेमन्त राना । नबलपरासी त्रिबेनीका हेमन्त शर्माले झन्दै आधा दर्जन एल्बम प्रकाशित गरिसकेका छन भने, दाङ्का अर्का हेमन्त रानाले हाल सम्म २ ओटा मात्र एल्बम बाजारमा ल्याएका छन ।
यिं दुई गायकमा धेरै भिन्नता त छदै छ । आन्तरिक स्वभाव, भिन्नता जे जस्तो भएपनि दुबै जनाले सांगीतिक बजारमा स्थापितको लिस्टमा आफुलाई उभ्याइसकेका छन ।
२०६२ सालमा अनायास एउटा गीत चौतर्फि मीडियामा घन्कन थाल्यो । गीतको बोल थियो – पाप पुण्य…… कसले गर्यो, माया भन्ने जालमा फसाई…… कसले ज्युँदै मार्यो …………………। हेमन्त आफैंले शब्द,संगीत र स्वर भरेको यो गीतले दिनहु सांगीतिक बजारमा भिडिने नया आवाज र एल्बमको भिडबाट उनलाई माथि उचाल्यो , र अनायासै संगीतमा लागेका हेमन्तले जिबनमा सोचेको भन्दा ज्यादा सफलता पाए,जुन उनले बर्षौ बर्ष बिताएका खेलकूदले पनि दिएको थिएन । उसू का रास्ट्रीय स्तरका खेलाडी हेमन्तलाई अहिले उशु हैन, संगीत नै प्यारो भएको छ ।
केहि सिमित साथी भाइ हरुका माझ गित गुनगुनाउदै टाइमपास गरेका हेमन्तको आवाज जब सम्झना अडियो भिडिओ का रमणसिंह श्रेष्ठको कान मा पर्यो, तत्कालै रमणले हेमन्तलाइ ५ बर्षको लागि कन्ट्राक्ट पनि गरिहाले । रमणले हेमन्तलाई तत्कालै केहि गित सुनाउन अनुरोध गरेका थिए । र हेमन्तले पनि ४/५ ओटा हिन्दी गीतहरु सुनाएका थिए ।
पहिलो एल्बमको रुपमा सम्झना अडियो भिडियोबाट २०६२ सालमा ‘पाप पुण्य’ प्रकाशित गरेका हेमन्तले त्यसको प्रतिक्रिया एकदमै राम्रो पाएका थिए । तर पनि खेलकुद क्षेत्रको मान्छे अचानक सङ्गीतको पोखरीमा हाम फाल्दा धेरै अफ्ट्याराहरु आए । एल्बम निकाल्दा उनलाई न त सांगीतिक बजारको भेऊ थियो न त श्रोताको चाहाना नै । न त मीडियामा चीनजान नै थियो, तारा पनि केही न केही रुपमा उनलाई परिचित गराएको नै थियो ।
५ बर्षपछि बजारमा ल्याएको ‘लैजारे’एल्वममा हेमन्त पहिले झैं लोसे छैनन् । एल्बमको रेस्पोन्स बुझ्नेबाहेक मिडिया पब्लिसिटीका लागि पनि उत्तिकै दौडिरहेका छन् । त्यसैले उनी पूर्ण विश्वासका साथ भन्छन्- ‘लैजारे उत्कृष्ट छ,यसमा सबै रस संग्रहित छ । हेमन्तले आर्टिस्ट नेपाललाई केही भन्नुभन्दा अगावै बजारमा लैजारे… प्रति श्रोताले देखाएको क्रेजले नै पुष्टि गरिसकेको छ । उनै हेमन्त रानासँग आर्टिस्ट नेपालले गरेको छोटो कुराकानी-
# लैजा रे कस्तो एल्बम हो ?
लैजा रे धेरैनै मेहनत गरेर तयार पारेको एल्बम हो । यो एल्बम मा सबै प्रकारको गीतहरु समाबेश गरेका छन् । यसमा सेमी क्लासिक , सुफी टच , आर एन बि, स्लो रक , पप सबै को फ्युजन यसमा छ । लैजा रे लाई ‘युवा रेकर्ड’ले बजार मा ल्याएको हो । ८ ओटा गीतमा काली प्रसाद बास्कोटा को शब्द र सङ्गीत ,न्य्हू बज्रचार्य बिशाल पौड्याल्,लोचन रिजाल को संगीतमा तयार गरिएको छ ।
# सुफी सङ्गीत रोज्नुको कारण ?
सुफी लाई रोज्नु को कारण भन्दा पनि म आफुलाई यस्तो बेसमा आफुलाई सुहाउने जस्तो लाग्छ……………….. तर पनि मलाई यहि मा रुची छ भन्ने पनि हैन , सम्पूर्ण किसिमका गीतहरु सुन्न र गाउन रुछौने मान्छे हु म । र यो एल्बम सुफीमा आधारित एल्बम हैन, एउटा टाइटल गीतमात्र सुफी बेसमा बनाइएको हो ।
# तपाईले सूफी संगीतलाई कुन रूपमा बुझ्नु भएको छ ?
सुफी सङ्गीत भनेको हिन्दु धर्ममा भजन गाइन्छ, भगवान प्रति समर्पित / समर्पण गरिन्छ । त्यस्तै मुस्लिम समुदायमा चाही यो अल्लाह अर्थात भगवान प्रति समर्पित गरिने हो भनिन्छ । यो जहिले पनि हाई बेश मा गाइन्छ । र सुफी कहिले पनि प्रेम बिछोड को गीतमा हुन्न । जुन अहिले भारतीय सङ्गीतमा प्रेम बिछोडका गीतमा सुन्न सकिन्छ । सुफी सङ्गीत केवल भगवान प्रति समर्पित मात्र हुन्छ ।
# अन्तराष्ट्रीय संगीतकर्मीसंगको कन्सर्टको अनुभव कस्तो रह्यो ?
मैले पाकिस्तानी गायक सज्जाद अलि ,मोहित चौहान ,शफ्कात अमानत अलि संग पनि काम गरेको छु । इंडिया र पाकिस्तान मा सबै भन्दा बढी एवार्डेड् गायक शफ्कात अमानत अलि, उहा संग पनि मैले संगै गाउने मौका पाएँ । उहाहरुले पनि सायद मेरो गित सुनेर होला……… मलाई पनि बोलाउनु भएको थियो,………… मोहित चौहानले पनि मैले गाएको गीतमा गितार बजाएर सहयोग गर्नु भएको थियो ।
Categories:
Tags:
ArtistNepal News
आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।
Recent Posts
Archives
- November 2024
- September 2024
- May 2024
- March 2024
- January 2024
- November 2023
- May 2023
- December 2022
- November 2022
- October 2022
- September 2022
- June 2022
- April 2022
- March 2022
- February 2022
- December 2021
- October 2021
- September 2021
- July 2021
- June 2021
- May 2021
- April 2021
- March 2021
- February 2021
- January 2021
- November 2020
- October 2020
- September 2020
- August 2020
- July 2020
- June 2020
- May 2020
- April 2020
- March 2020
- October 2019
- September 2019
- August 2019
- July 2019
- June 2019
- May 2019
- April 2019
- March 2019
- February 2019
- January 2019
- December 2018
- November 2018
- October 2018
- September 2018
- August 2018
- July 2018
- June 2018
- May 2018
- April 2018
- March 2018
- February 2018
- January 2018
- December 2017
- November 2017
- October 2017
- September 2017
- August 2017
- July 2017
- June 2017
- May 2017
- April 2017
- March 2017
- February 2017
- January 2017
- November 2016
- October 2016
- September 2016
- August 2016
- July 2016
- June 2016
- May 2016
- April 2016
- March 2016
- February 2016
- January 2016
- December 2015
- November 2015
- October 2015
- September 2015
- August 2015
- July 2015
Categories
- artist
- ArtistNepal Academy
- ArtistNepal Production Studios
- Event News
- Fashion News
- fashion Tips
- female
- film artist
- Filmy News
- Gossip & interview
- Literary Artist
- male
- Model & Dancers
- Music Artist
- Music news
- Nepali Filmy Songs Lyrics
- Nepali Lok Geet Lyrics
- Nepali Old Songs Lyrics
- Nepali Pop Songs Lyrics
- Nepali Song lyrics
- news
- Photoshoot Videos & Interview
- Uncategorized
- Videos & Documentry