चलचित्र पञ्चायत टिमले यसरी मनायो होली

संगीत तथा चलचित्र सँग सम्बन्धित बिभिन्न कलाकारहरुले राजधानीका बिभिन्न स्थानमा आयोजना भएका होली बिशेष कार्यक्रममा गरेर होली मलाएका छन । त्यस्तै यही चैत २ मा प्रदर्शन हुनलागेको चलचित्र ‘पंचायत’का कलाकार तथा निर्माता निर्देशकहरुले समेत राजधानीको बिभिन्न कार्यक्रममा चलचित्र टिमनै पुगेर होली मनाएका छन ।

पञ्चायत टिमले चण्डोलमा आयोजित हिमालय टेलिभिजनको होलीविशेष कार्यक्रमबाट होली खेल्न शुरु गरेको थियो । त्यसपछि टिभी फिल्मी,एपी वान टिभीको लाईभ कार्यक्रममा सहभागि भएर पञ्चायत टिम गोदावरीमा रहेको नायिका करिष्मा मानन्धरको घरमा आयोजित होली विशेष कार्यक्रममा पुगेको थियो । पञ्चायत टिमलाई दर्शक तथा कलाकारले भव्य स्वागत गरेभने कलाकारसँगको सेल्फीमा दर्शक रमाए ।

movie panchayat holi saroj khanal neeta dhungana (1)

होली कार्यक्रममा फिल्मका निर्माता गणेश गिरी, कार्यकारी निर्माता, रवि अधिकारी, लेखक तथा निर्देशक शिवम अधिकारी, कलाकारहरु सरोज खनाल, नीता ढुंगाना र जाहान्वी बस्नेतको सहभागिता थियो ।

चलचित्रमा पंचायतकालको एउटा गाउँको सामाजिक व्यवस्था, न्यायप्रणाली, संस्कृति र महिलामाथि हुने गलत क्रियाकलापलाई देखाउन खोजिएको छ ।

Categories: