यो एउटा ऐतिहासिक दस्ताबेज हो – अपील बिष्ट

Written by ArtistNepal News

नेपाली चलचित्र उध्योगका उदयीमान निर्माता अपील बिष्ट बृतचित्रको पृष्ठभूमिबाट फिचर फिल्ममा प्रवेश गरेका हुन् । काठमान्डौ र भारतमा ‘फिल्म मेकिङ्’ को अध्ययन पुरा गरेका अपिल मुलधारका भन्दा पनि फरक बिषय र फरक धारलाई चलचित्रमा उतार्ने रुचि राख्छन् । नेपालको सिमाना अतिक्रमणको बिषयलाई अधार बनाएर निर्माण् गरिएको बृतचित्र ‘ग्रेटर नेपाल’ को अत्याधिक सफलताको कारण २०५० सालमा चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटना -(जसमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रतिको मृत्यु भएको थियो)लाई कथावस्तु बनाएर ‘दासढुङ्गा’ को निर्माण गरेका छन् ।

चलचित्रको कथाबस्तु, प्रस्तुतिकरण जस्ता बिषयमा आधारित रहेर हरेक बर्ष उत्कृष्ट चलचित्र घोषणा गर्दै आएको ‘नेपाल चलचित्र बिकाश बोर्ड’ले विशेष चलचित्रको रूपमा छनोट गरेको यस चलचित्रलाई केन्द्रबिन्दु बनाएर आर्टिस्ट नेपालले गरेको बिशेश: कुराकानी:-

# ‘दासढुंगा’ कस्तो चलचित्र हो ?

‘दासढुंगा’ एउटा ऐतिहासिक दस्ताबेज हो । ‘दासढुंगा’लाई बृतचित्र बनाउने सोच राखेका थियौं । तर बिभिन्न अनुसन्धान गरिसकेपछि हामीले यस घटनालाई कथानक रूपा दियौं । र सिनेमाको रूप दियौं । २०५० साल जेठ ३ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रतिको रहस्यमय गाडी दुर्घटना, २०६० साल, असार ११ गते, मदन भण्डारीका चालक, अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिएको थियो । उनी माथी मदन- आश्रितको हत्याको आशंका थियो । यिनै १० बर्षे घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलाचित्रमा हत्या रहस्यपूर्ण नै छ । मदन भण्डारीले लेखेको गीत ” एउटा मान्छे हुन्छ, एउटा योद्दा हुन्छ…..” लाई चलचित्रको ब्याकग्राउंड म्यूजिक मा समाबेश गरिएको छ । हालसम्म ६५ लाख सम्मको खर्च भैसकेको छ । अभिनेता अनुप बराल, सौगात मल्ल लगायत मदन भण्डारीको रोलमा उहाकै भाई मोहन भण्डारी , अमर लामाको रोलमा दयाहांग राईले भूमिका निभाउनु भएको छ । समग्रमा यो चलचित्र एउटा ऐतिहासिक दस्ताबेज हो । सम्पूर्ण नागारिकले जान्न खोजेको, बुझ्न खोजेको कथा हो ।

# ‘दासढुंगा’ को कथालाई नै किन रोज्नुभयो ?

एउटा आस्थाको कुरापनि हो । मदन भण्डारीको बारेमा फिल्म बनाउने एउटा इच्छा , यो आफैंमा एउटा चुनौतीपूर्ण काम पनि थियो । रहस्यलाई खोतल्ने प्रयाश …………… राष्ट्रलाई एउटा राम्रो सिनेमा दिने प्रयाश … । किरण पौडेलले लामो समय सम्म यस घटनालाई ‘रिसर्च’ गर्नुभयो । निर्देशक मनोज पण्डित,निर्माता सहयोगी बिजयराज बिष्ट र मनुका श्रेष्ठ संगको सहकार्यलेनै ‘दासढुंगा’ चलचित्र बनेको हो । इतिहास बनिसकेको यो घटनाको बारेमा पुन: छानबिन गराइयोस भन्ने हाम्रो चाहना पनि हो ।

# दासढुंगालाई सेंसरले पनि रोकेको थियो , यसको कारण चाही के थियो र कतिको जाहेज थियो ?

यो फिल्म प्रदशन भएपछि , स्वाभबिक रुपमा दर्शक सड़कमा उत्रने छन । र सरकारले थेग्न नसकिने गरि छानबीनको दबाब दिने छन । अर्को कुरा कही राजनैतिक ब्यक्तिका नामले उनिहरुको राजनैतिक जीबनमा असर पुर्याउने डरले पनि यो चलचित्रलाई सेन्सर गरिएको हो । यो सेन्सर जाहेज थिएन। ‘दासढुंगा’ राजनीतिक मामिलामा निश्पक्ष छ भन्ने कुरा चलचित्र विकास बोर्डले ‘विशेष फिल्म’को मान्यता दिनुले पनि पुष्टि हुन्छ ।

# दासढुंगाले के रहस्योंत्घाटन गर्छ त ?

गर्दैन । दासढुंगामा कतिपय थाहा नभएका कुराहरु, यो घटना संग जोडिएका केही तथ्य कुरा हरु, कतिपय बाहिर नआएका कुराहरु, नागरिकहरुलाई थाहा छैनन । त्यहि रहस्यका कुरालाई फिल्मले खोतलेको छ । दासढुंगा का बारेमा धेरै कुरा बाहिर आएका छैनन । तिनै बाहिर नआएका कुराहरुलाई चलचित्रका माध्यमबाट हामीले प्रस्तुत गर्न खोजेका मात्र हौं ।

# श्रावन १ गते ट्रायल शो गर्नु भएको रहेछ , कस्तो प्रतिकृया पाउनु भयो?

एकदमै राम्रो । पोखराको कल्पना सिनेमा हलमा श्रावन १ गते, एउटा ‘ट्रायल शो’ गर्ने भनिएको थियो । तर दर्शकहरुको अत्याधिक चापले उक्त सिनेमा हलमा ३ शो प्रदर्शन गर्नु परेको थियो । बिहान ८ बजेदेखि सुरुभएको पहिलो शोमा दर्शक को अत्याधिक चापले हामीले पुन: मध्यान्न: १२ बजेपनि दोश्रो शो गर्यौं । दर्शकहरुको अत्यधिक चाप र अनुरोधले हामीले तेश्रो शो पनि गर्न बाध्य भएका थियौं । यसमा धेरै जसो दर्शकहरु धेरै पछि चलचित्र हलमा आएका थिए । कतिजना त पहिलो पटक नेपाली चलचित्र हेर्नभनेर पनि आएका थिए । हलकों पार्किंगमा नअटाएर धेरैले सड़कमा गाडी र मोटरसाइकलको पार्किंग गरेका थिए ।

# यसपछि को प्लान के छ ?

‘नमस्ते अमेरिका’ । अमेरिकामा बसोबास गरेका नेपालीको कथाबस्तुमा आधारित रहेको चलचित्र ‘नमस्ते अमेरिका’को निर्माण गर्ने सोच राखेका छौं ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।