दिपेन भेटवाल
लामो समयसम्म सुस्त गतिमा अघि बढिरहेको नेपाली साँगितिक क्षेत्रको अवस्था हालसम्म पनि जिँउका तिँउ भएको पाइन्छ । समयको बदलावसँगै यस क्षेत्रमा विभिन्न प्रविधिको विकास भयो, गुणस्तरको विकाश भयो तर कहिले उकासिएन कलाकारको जिवनस्तर । आर्थिक रुपमा कहिले सबल हुन सकेन नेपाली साँगितिक उद्योग ।
कुनै समय थियो साँगीतिक क्षेत्रमा जतिबेला यस क्षेत्रमा एल्बम सेल्सकै आधारमा सन्तोषजनक आमदानी हुने गर्दथ्यो । उदाहरणका लागि आधुनिक गीतमा ख्याती कमाएका गायक रामकृष्ण ढकालले सुरुवाती चरणबाट नै नाम र दाम दुवै कमाउन सफल भएका थिए । पप संगीतको कुरा गर्नुपर्दा गायक नवीन के भटटराइले नयाँ धार भित्रयाइरहेका बेला यसै क्षेत्रमार्फत जीवीको पार्जन गर्न कठिन नरहेको अवस्था थियो । तर
जब जब नयाँ गायक गायिकाको आगमन भयो । तब तब खस्किँदै गयो नेपाली साँगितिक उद्योग । पहिले पहिले त रेडियो नेपालमा स्वर पास नगरी गीत गाउन नपाइने ब्यवस्था थियो । तर पछि समयको बदलावसँगै त्यो नियम हराएर गयो र स्टुडियो बढेसँगै जन्मिन थाले नव प्रतिभाहरु । पछिल्लो समयमा त यति गायक गायिका नेपाली सँगितिक क्षेत्रमा भित्रिए जसको सहजै गन्ति गर्न कठिन मात्र हैन असम्भव नै छ । हुन पनि दर्शकहरु नै अचेल अन्यौलमा पर्ने गरेको पाइन्छ । किनभने नराम्रा प्रतिभाका बीच राम्रा प्रतिभा बिलाइरहेको वर्तमान अवस्थाको यथार्थ हो । अक्सर सञ्चार माध्यमहरुले पनि जस्तोसुकै गीत बजाइदिनाले पनि राम्रो गीत छाँयामा पर्ने प्रायको ठम्याई छ । यसै गरि पछिल्लो समयमा मिडियासमक्ष पहुँच भएका सम्भ्रान्त वर्गका ब्त्तीहरुको गीत चाहिँ जस्तोसुकै भएपनि घन्किरहेको पाइएको छ ।
अब कुरा गरौँ राम्रा कलाकारहरुले पनि संगीतमा लागेर भोग्नुपरेको अर्को विडम्बनाको बारेमा । त्यो कसरी भने, सबैलाई थाहा छ अहिले एल्बम किनेर सुन्ने श्रोताको जमात १ प्रतिशत छ । प्रविधिको विकासले अन्यलाई सहज वातावरण सिर्जना गराएपनि कलाकारलाइ भने यसले प्रत्यक्ष असर पारेको छ । जब मोबाइलमार्फत नै १००० वटा भन्दा बढी गीत श्रोताले सुन्न पाउँछन भने उनीहरुले चर्को मुल्य तिर्दै एल्बम खरिद गरुन पनि कसरी । किनभने नेपालका अधिकांश श्रोता निम्न वर्गका छन र कम्तीमा २०० रुपैँया पर्ने एल्बम खरिद गर्ने क्षमता उनीहरुको छैन् । त्यसैले विभिन्न प्रोग्राम र कन्र्सटबाट भने केही कलाकारहरलाइ राहत मिलेको छ । तर त्यो पनि सबैले नपाएको अवस्था छ । जसको शत्ति त्यसको भत्ति भनेझैँ पहुँच हुने हरुका लागि मात्र बनेको छ विदेशी प्रोग्राम र कन्र्सट । गायक गायिकाको अर्को आयश्रोत हो सि आर बी टी र पि आर बी टी । तर यो पनि कम्पनी, टेलिकम र अन्य पार्टीसँग भागबण्डा हुँदाहुँदै कलाकारको हातमा भने करीब ५ प्रतिशत आउँने गरेको देखिन्छ । यही विडम्बनात्मक स्थितिबाट उन्मुक्त हुन अत्याधिक राम्रा प्रतिभाहरु विदेश पलायन हुने क्रम पनि बढिरहेको त सर्वविदितै छ ।
साँगितिक क्षेत्र किन अहिले खस्किँदै गएको हो त्यो सबैलाई थाहा छ । यसैलाइ निउनीकरण गर्न विभिन्न साँगितिक समाज पनि गठन नभएका पनि होइनन्। यद्यपी कसैले पनि अहिलेसम्म खालो सार्न सकेका छैनन् । यदि नेपाली साँगितीक क्षेत्र आगामी दिनमा पनि यही अवस्थामा रहे एक दिन राम्रा प्रतिभाको कुनै अस्तित्व नै नरहने कुरा पक्का छ । त्यसैल राज्य लगायत सम्पुर्ण साँगितिक ब्यत्तित्व र संगीतप्रेमीहरु एकबद्ध भइ नेपाली साँगितीक फाँटलाइ जोगाइराख्नु सबैको जिम्मेवारीसरह भएको छ । जय नेपाल जय संगीत ।