हामी बर्ष २०६७ को एन्डक्ल्याप मा छौँ । नेपाली कला क्षेत्रमा यो बर्षका धेरै अबस्मरणिय घटनाहरु छन् केहि रमाईला ,केहि दुखद त केहि ईतिहाँसका पानामा लेखिने घटनाहरु ।
हामीले केहि महत्पुर्ण घटनाहरुलाई हाम्रो क्यालेन्डरमा समाबेश गरेका छौँ । जुन नेपाली ईतिहाशमा नमेटिने छाप बनेर रहने छन् ।
आर्टिस्ट नेपालको क्यालेण्डरमा २०६७
२०६७ असार ५ गते शनिबार
लामो समयको चर्चा परिचर्चा पछि वलिउड नायिका मनिषा कोइराला महाराजगञ्जका सम्राट दाहालसँग विवाह गरिन् । नेपाल र भारतका प्रायः सबैजसो कूटनीतिक नियोगका प्रतिनिधिदेखि दर्जनौँ बलिउड कलाकारको उपस्थिति रहेको विवाह समारोहमा नेपाली राजनीति क्षेत्रका प्रायः सबै हस्तीको उपस्थिति थियो । मनीषाको भव्य एवं सानदार वैवाहिक कार्यक्रमको हरेक पक्षले सञ्चारक्षेत्रलाई उत्तिकै लोभ्याएको थियो । नेपाली सञ्चार क्षेत्रमा उनको विवाहले हेडलाइन त बनायो नै, बलिउड सञ्चारमा पनि त्यसले उत्तिकै महत्त्व राखेको थियो ।
२०६७ अषाढ २९ मंगलबार
ललितपुरको मटारबाट भारत सरेका भीमबहादुर सिंह र चुनमाया मिजारको कोखबाट कलकत्तामा सन् १९३१ मा जन्मेका मनोहरि सिंह लाई ‘टाइम’ म्यागजिनले सन् असीको दशकमा ‘एसियाका उत्कृष्ट सेक्सोफोनिस्ट’ भनेर उल्लेख गरेको थियो । लामो समयदेखि मृगौला रोगबाट पीडित मनोहरिको (२०६७ अषाढ २९ मंगलबार) ८३ वर्षको उमेरमा मुम्बईमा मृत्यु भएको थियो ।
२०६७ श्राबन २ गते ।
पत्याउन गाह्रो हुन्छ, जसले अक्षर नै चिनेको छैन, उनी शास्त्रीय संगीतको सुर लगाउन खोज्दै गीत गाउँछिन् । ३ वर्षकी अतिथि गौतम केसीले सबलाई अचम्ममा पारिदिएकी थिइन् । २ वर्षको उमेरदेखि नै गाउन थालेकी अतिथिको २०६७ २ गते गीति एल्बम रिलिज भएको थियो ।
एल्बम रिलिजको क्रममा ‘लाइभ’ सारेगमलाई सुर नबिगारी गाइदिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षण बन्न पुगिन् अतिथि । नेपाली सञ्चार माध्यमले मात्र हैन, विदेशी समाचार एजेन्सीले पनि उनलाई बिशेष महत्वका साथ प्रस्तुत् गरेको थियो । उनि बिश्वको सबैभन्दा कान्छी (कम उमेरकि) गायिका हुन् ।
२०६७ आश्विन
दश बर्षधि नै जेठी श्रीमती विजयासँग र आठ बर्ष अधि अर्थात् २०५९ साल असार महिनामा काठमाडौं जिल्ला अदालत पुगेर कान्छी श्रीमती सुस्मितासँग कानुनीरूपमै सम्बन्ध विच्छेद गरिसकेको हल्ला गर्ने भुबन दम्पतिको पुन: सम्बन्द बिच्छेदको हल्लाले अशोज महिनाभरिनै चर्चाको बिषय बन्यो ।
२०६७ कार्त्तिक २८, आईतवार
२०६७ कार्त्तिक २८, आईतवार ग्ल्यामर नायिका मेलिना मानन्धरले छोरीलाई जन्म दिएकी थिईन् । चाबहिल स्थित ओम नर्सिङ होममा दिउँसो करिब १ : ५० मिनेट जादा मेलिनाले छोरीलाई जन्म दिएकि थिईन् ।
२०६७ मंसिर २, बिहिवार
चलचित्र ‘चम्पा चमेली’ का निर्देशक राजुध्वज राणाको निधन भएको थियो । मंसिर १ बुधबार बेलुकी ९ बजे आफ्नै निवास कपनमा हृदयघातको कारणले उनको निधन भएको हो । २०५० सालमा प्रेमपूजा चलचित्र निर्देशन गरेर आफ्नो सिने यात्रा सुरू गरेका निर्देशक राणाले चेली, पाकेटमार, पिरती आँफै हुँदो रैछ, सिंदुरपोते जस्ता नेपाली चलचित्र निर्देशन गरिसकेका छन् । साथै उनले थारू भाषाका चलचित्र जीवन एक लदिया र बहछार, माझिमाया, आकाश गंगा पनि निर्देशन गरेका छन् ।
२०६७ मंसिर ७, मंगलवार
नेपाली चलचित्रमा दन्द र कलाको सम्योजन गर्ने चलचित्र जगतकै गुरुबा गोपाल भुटानीले मंसिर ७ गते मंगलबार बिहान ११ बजे बालाजु स्थित जनमैत्री अस्पतालमा देह त्याग गरे । उनको तामाङ विधिविधान अनुसार लामा पाठ गराएर अत्येष्टी गरिएको हो । नागरीकता लिएर जिवनको अन्तिम सास लिने उनको चाहना अधुरै रहन गएको थियो । यो बर्ष नेपाल सरकारले भुटानीको अन्तिम इच्छा नागरिकता दिन नसकेर कलाकारको अपमान गरेको छ ।
२०६७ मंसिर १०, शुक्रवार
दुई गायक नायक बनेको पहिलो चलचित्र ‘बाटोमुनिको फूल’ मंसिर १० गते शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको थियो । तर डिजिटल पाईरेसीको कारणले यो चलचित्रले बिदेशमा प्रदशन गर्न सकेन ।
२०६७ माघ ४ गते मंगलबार
पूर्वेली ठेट लोक भाकाकी मुर्धन्य गायिका हिरादेवी वाइवाको २०६७ माघ ४ गते मंगलबार राति जलेर मृत्यु भएको थियो । पश्चिम बंगालको सिलिगुढी स्थित निवासमा तापिरहेको आगो कपडामा सल्केपछि जलेर घाइते भएकी उनलाई उपचारार्थ उत्तर बंगाल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनलाई उपचारार्थ उत्तर बंगाल मेडिकल कलेजमा भर्ना गरिएको थियो।
२०६७ माघ ५ गते
कलाकार शान्ति मास्केको ८३ बर्षको उमेरमा २०६७ माघ ५ गते मंगलबार राति ११ बजे निधन भएको थियो । मुटुरोगबाट पिडित मास्केको उपचारका क्रममा बाँसबारीस्थित सहित गंगलाल हृदयरोग केन्द्रमा उपचार हुदैगर्दा मृत्यु भएको थियो ।
२०६७ माघ ३, सोमवार
लामो समय देखि स्पाईनल कर्डको समस्याको कारण मुम्बईको रईजा अस्पतालमा उपचार गर्राईरहेको पार्श्व गायक कुमार कान्छाको २०६७ माघ ३, सोमवार निधन भएको थियो । २० बर्ष अघि तुलसी घिमिरे निर्देशित चलचित्र चिनोको ‘बताईसैले उडाई लग्यो माया मेरो…….’ भन्ने गीतबाट पार्श्व गायन सुरू गरेका कान्छाले करिब १ सय नेपाली चलचित्रमा स्वर दिएका छन् । उनले पछिल्लो समय ‘साईनो’ नामक एल्बम पनि निकालेका थिए ।
२०६७ फाल्गुन ४ बुधबार
गोर्खापल्टन हिरो तथा इण्डियन आइडल -३ का बिजेता प्रशान्त तामाङले फाल्गुन ४ गते भारतको नागाल्यान्ड निवासी गीता थापा मगरसँग प्रेम बिबाह गरेका थिये ।
२०६७ फागुन ५ गते बिहीबार
पाँच सयभन्दा बढी गीत गाएकी योगिता मोक्तान ललितपुर उपमहानगरपालिका–४ बाग्डोलको आफ्नै निवासमा २०६७ फागुन ५ गते बिहीबार राति झुण्डिएर संसारलाई त्यागेकी थिइन् ।
पाँच वर्ष लामो लभ अफेयरलाई बिहेमा टुंग्याएको चार महिना नबित्दै उनले यस्तो कठोर निर्णय किन गरेकी हुन् । घरको कोठाको पंखाको हुकमा मखलरको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा फागुन ६ गते बिहान ९ बजे फेला परेकी थिईन् ।
२०६७ फागुन २० शुक्रबार
काठमाडौं, २० फागुन शुक्रबार फागुन २० गतेको शुक्रबार साँझ वरिष्ठ साहित्यकार डायमन्ड शमशेर राणाले ९३ वर्षको उमेरमा निधन भएको थियो । लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित साहित्यकार राणाको दुवै मृगौलाले काम गर्न छाडेपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
रगतमा हेमोग्लोबिनको मात्राको कमि भएपछि राणालाई गत मङ्गलबार अस्पतालमा भर्ना गरिएको थियो । राणा ऐतिहासिक उपन्यासहरु सेतो बाघ, बसन्ती, अनिता, सत्प्रयास लगायतका कृतिका लेखक समेत हुनुहुन्छ । राणाका सेतो बाघ उपन्यास अङग्रजी, जापानिजसहित १२ भाषामा प्रकाशित भएको छ । साहित्यकार राणाको सन् १९७५ असार २१ गते पाल्पामा जन्म भएको थियो । २००७ सालमा राजनीतिमा समेत सक्रिय हुनुभएका साहित्यकार राणा १०४ वर्षे राणा शासनविरुद्ध लेख्ने प्रगतिशील साहित्यकार हुनुहुन्थ्यो ।