उस्ताद तथा तबलावादक भक्तकृष्ण मानन्धर श्री ३ चन्द्रशमशेरको १९७० का समयमा दरबारमा हुने सांस्कृतिक तथा धार्मिक कार्यक्रमका तवलाबादक हुन्।
उनले प्रसिद्द एबम नेपालको पहिलो महिला गायिका, संगीतकार मेलावादेबी गुरुङ्गसंग बिबाह गरेका थिए।
भक्ताकृष्ण मेलवादेवीको कला, रूप, यौवन र धनसम्पत्तिप्रति आशक्त थिए। मेलवादेवी दरबारबाट बाहिरिनु उस्ताद भक्तकृष्ण मानन्धरका लागि ढुंगा खोज्दा देउता मिलेझैँ भयो। उनी मेलवादेवीका पछि–पछि लागे। मानन्धरले अनेक तरहले मेलवादेवीलाई दक्षिणकालीको मन्दिरमा पु¥याएर सिन्दुरपोते गरे, चुरा धागो लगाइदिए। तर मेलवादेवीलाई बिहे गरेसँगै भक्तकृष्णलाई पनि सिंहदरबार छिर्न बन्देज लाग्यो।
उता गुरुङसँग विवाह गरेको भन्दै भक्तकृष्ण आफ्नो जातीय समाजबाट बहिष्कृत भए। यद्यपि भक्तकृष्ण र मेलवादेवीका तर्फबाट चार सन्तानको जन्म भयो। दुई छोरा सानैमा बिते पनि दुइटी छोरी विमला र शान्तिको पछिसम्मै साथ रह्यो।
मेलवादेवी र भक्तकृष्णको बिहे लामो समय टिक्न सकेन। घरपरिवारमा राम्रो सम्बन्ध नभएपछि मेलवादेवी चन्द्रशमशेरले किनिदिएको घरमा बस्न थालिन्। त्यसरी पनि टिक्न कठिन हुने देखेपछि आफ्नो घरबार सस्तैमा बेचेर शुक्रराज शास्त्रीको सल्लाहमा महिना दिनकी सुत्केरी मेलवादेवी दुई नाबालक छोरी च्यापेर रेलमार्ग हुँदै कलकत्तातिर लागिन्। त्यही यात्राको अनुभव सँगालेर उनले रचना गरेको र आफ्नै संगीतमा स्वर समेत भरेर रेकर्ड गराएको गीत ‘सवारी मेरो रेलैमा’ नै नारी स्वरमा रेकर्डेड पहिलो नेपाली गीत हो।