काठमाडौं, असार ४ । नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि दुई जना नयाँ कोच चयन भएका छन्।
सिजन २ मा नयाँ कोच गायक राजु लामा र गायिका आस्था राउत चयन भएका हुन् । यसअघिको सिजनमा रहेका कोचद्वय सनुप पौडेल र अभय बारिएसँगै राजु लामा र आस्था राउत नयाँ कोचका रुपमा चयन भएका हुन् । उनीहरुको साथमा पहिलो सिजनमा रहेका कोचद्वय दीप श्रेष्ठ र प्रमोद खरेलले रहने छन् ।
हिमालय एचडीबाट प्रसारण हुने शो आगामी साउनको पहिलो सातादेखि सुरु हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा द भ्वाइस अफ नेपाल–२ का लागि आयोजकले आगामी कोचको बारेमा जानकारी दिएको हो । शो शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुनेछ।