काठमाडौं- गएको विवार काठमाडौंको ‘यल्लो पोगोडा स्टार होटेल’ मा ‘ मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ र ‘मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९ ‘ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । कार्यक्रम जर्जको रुपमा (चिफ गेस्ट ) धिरज तन्दकार , प्रिया रानी लामा , एन्जिला गौचर र अमित गिरी रहेका थिए। ‘मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ को उपाधि पुर्ण लिम्बु र सोना तामाङ्गले जितेका छन् । त्यस्तै ‘मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९’ को उपाधि तर्फ प्रभास स्यान्देन र रितिका भुजेलले जितेका छन्। बिजेताले विभिन्न गिफ्ट सहित अस्ट्रेलिया भ्रमणका लागी टिकट प्राप्त गरेका छन् ।
बेस्ट फ्रेन्डसिप : प्रज्वल मैनाली, सुस्मिता सुन्दास
भ्युयर्स चोइज : मिलन बोगटी, आयुस्मा गिरी
बेस्ट ड्रेस : स्वस्तिक दाहाल, सबु नेपाली
बेस्ट वल्क : सुयोग तामाङ्ग, सोना तामाङ्ग
बेस्ट फोटोजेनिक : प्रदिप तामाङ्ग, आयुस्मा गिरी
सोसल मिडिया : प्रज्वल मैनाली, सुस्मिता सुन्दास
बेस्ट दिसिप्लेन : अमिर दौला, मनिस्का गोले
बेस्ट ह्यान्डसम : अर्जुन तामाङ्ग
बेस्ट बिउटिफूल : रितिका भुजेल
बेस्ट ग्लामर : पुर्ण लिम्बु, रोशनी राई
अर्गनाइज चोइज : प्रदिप तामाङ्ग, गोमा गुरुङ
एस मस पपुलर : प्रज्वल मैनाली, गीता रावत
सी दिएर बसेका र नेपालमा रहेका टिनएजरलाई फुर्सतको समय सदुपयोग र उनीहरुको व्यक्तित्व विकासको लागी सो प्याजेन्ट गरिएको ‘ मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ र ‘ मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९ ‘ का सीइओ रबि लामाले बताए । उक्त ‘शो’ को कोरियोग्राफ बरिष्ठ कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।